पोखरा । नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीले दिएको राजीनामा स्वीकृत गरेको हो ।
राजीनामा दिएका नेता जंगली कास्कीका हुन् । जंगलीले फागुन दोस्रो हप्ता ह्वाट्सएपमार्फत पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाएका थिए । जंगली नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश सह–इन्चार्ज थिए । उनी दोस्रो संविधान सभा सदस्य हुन् ।
नेता जंगलीसँग पब्लिक टेलिभिजन संवाददाता अनुप पौडेलले पार्टी परित्याग गर्नुको कारण र अबको योजनाबारे संक्षिप्त कुराकानी गरेका छन् । कुराकानीको क्रममा नेता जंगलीले माधव नेपालबाट पार्टी चल्न नसक्ने दाबी गरे । उनले आफू एमाले फर्कने–नफर्कनेबारे छलफलमै रहेको उनले बताए ।
प्रकाशित मिति २०७९ चैत १४ गते मंगलबार ०८:४०