२०८३ असोज २४ गते शनिबार

गण्डकीको पहिचान हो चैते दशैं: मुख्यमन्त्री अधिकारी

गण्डकीको पहिचान हो चैते दशैं: मुख्यमन्त्री अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १५ गते बुधबार ०४:१२

बाग्लुङ कालिकामा आयोजित चैते दशैं मेलामा बोल्दै मुख्यमन्त्री अधिकारीले चैते दशैं पर्वलाई गण्डकी प्रदेश सरकारले प्राथमिकता उल्लेख गरे ।

बाग्लुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री खजराज अधिकारीले बाग्लुङ कालिकामा लाग्ने चैते दशैं मेला गण्डकी प्रदेशको पहिचानसंग जोडिएको बताएका छन् ।

उनले चैते दशैं संस्कृतिको उत्थानको माध्यम भएको बताए । बाग्लुङ कालिकामा आयोजित चैते दशैं मेलामा बोल्दै मुख्यमन्त्री अधिकारीले चैते दशैं पर्वलाई गण्डकी प्रदेश सरकारले प्राथमिकता उल्लेख गरे ।

चैते दशैं र स्थानीय उत्पादनको प्रर्बद्धन गर्ने मेलालाई संरक्षण गर्दै लैजानु पर्नेमा मुख्यमन्त्री अधिकारीको जोड छ । फरक प्रसंगमा उनले उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न बागलुङले दबाव दिनुपर्ने बताए ।

कालिका मन्दिरमा सोमबार देखि सुरु भएको मेला यहि चैत्र १७ गते सम्म चल्नेछ ।

प्रकाशित मिति २०७९ चैत १५ गते बुधबार ०४:१२

हजुरको प्रतिक्रिया