पोखरा
नेपाल ट्रायथलन संघको आयोजनामा भएको एशियन ट्रायथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिपमा भारतीय खेलाडीले वर्चस्व कायम गरेका छन् । एशिया कप, साउथ एसियन च्याम्पियनसिप, जुनियर च्याम्यिनसिप र नेशनल च्याम्पियनसिप गरेर ४ विधामा प्रतिस्पर्धा भएको थियो । शनिबार पोखरामा भएको प्रतिस्पर्धामा भारतीय खेलाडीले उत्कृष्ट प्रदर्शन गरे ।
तेस्रो एशिया ट्रायथोलन कपको स्प्रिन्ट विधामा पुरुष तर्फको उपाधि लक्जम्बर्गका बब हलेरले जितेका छन् । ५५ मिनेट ५५ सेकेण्डमा ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड पुरा गर्दैै उनी च्याम्पियन बने । उज्वेकिस्तानका अलेक्सान्डर कुुरिसभ ५५ मिनेट ५७ सेकेण्डमा दुरी पारे गर्दै दोस्रो भए । लक्जम्बर्गका स्टेफन जेचसले ५६ मिनेट १ सेकेण्डमा पार गरेर तेस्रो भए ।

फेवातालमा भएको प्रतियोगितामा पुरुषतर्फ नेपालसँगै लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका ४७ खेलाडी प्रतिस्पर्धामा थिए । साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपमा भारतका आदर्श सिनिमलले उपाधि जिते । साउथ एशियन ट्रायथोलनमा भारतीय खेलाडीले बर्चस्व कायम भयो । भारतकै विश्वनाथ यादव दोस्रो र नेपालका बसन्थ थारु तेस्रो भए ।
जुनियरतर्फको प्रतिस्पर्धामा विजेतासँगै दोस्रो र तेस्रो भारतीय खेलाडी भए । खुुन्द्राकपाम नाङ्बा विजेता, पार्थ मिराज दोस्रो र सिदार्थ सुधिरले तेस्रो स्थान हासिल गरे । राष्ट्रियतर्फ बसन्त थारु विजेता हुँदा दिपेश चौधरी दोस्रो र मौलिक महर्जन तेस्रो भए ।
तेस्रो एशिया ट्रायथोलन कप महिला तर्फको प्रतिस्पर्धामा स्लोभाकियाकी मार्गरेटा विकानोभाले १ घण्टा ४ मिनेट ५१ सेकेण्डको समयमा पुरा गर्दै च्याम्पियन बनिन् । जापानकी मिनोरी इकिनोले १ घण्टा ५ मिनेट १८ सेकेण्डमा पुरा गर्दै दोस्रो हुँदा जापानकै चिसातो नाकाजिमाले १ घण्टा ५ मिनेट ३० सेकेण्ड समयमा पौडी, साइक्लिङ र दौड पूरा गरेर तेस्रो स्थान हासिल गरेकी छन् ।
महिला तर्फको साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपमा भारतकी प्रज्ञा मोहनले उपाधि रक्षा गरिन् । भारतकै मान्सी मोहिते दोस्रो र नेपालकी श्रेबी महर्जनले तेस्रो स्थान प्राप्त गरेकी छन् । जुनियर महिला तर्फ भारतकी सजनासुनिल जोशी विजेता भइन् । नेपालकी श्रेबी महर्जन दोस्रो र भारतकी देविका शर्माले तेस्रो स्थान हासिल गरिन् ।
राष्ट्रिय महिलातर्फ श्रेवी महर्जन विजेता हुँदा केशरी थापा मगर दोस्रो भईन् । महिलातर्फ नेपालसँगै जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १६ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गरेको गरेका थिए । ट्रायथोलनमा महिला-पुरुषतर्फ उपाधी बिजेताले ६३० डलरको साथमा मेडल, प्रमाणपत्र प्राप्त गरे । दोस्रो हुनेले ५२५ डलर, तेस्रो हुनेले ४२० डलर पाए । आइतबार दुवाथलनको प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति २०७९ चैत १८ गते शनिबार ०३:१३




