२०८३ साउन २१ गते बिहीबार

रोचक बन्याे आईपीएलकाे प्ले-अफ रेस

रोचक बन्याे आईपीएलकाे प्ले-अफ रेस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १५ गते शनिबार ०१:४६

पाेखरा । राजस्थान रोयल्सले शुक्रबार किंग्स-११ पन्जाबलाई पराजित गरेसंगै आईपीएल प्ले-अफ रेस अझ रोचक बनेको छ । पन्जाबलाई पराजित गरेपछि राजस्थान अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ । पन्जाब चौथो स्थानमा यथावत छ भने कोलकाता छैठौं...

३ स्थानको लागि ६ टिमको प्रतिस्पर्धा

पाेखरा । राजस्थान रोयल्सले शुक्रबार किंग्स-११ पन्जाबलाई पराजित गरेसंगै आईपीएल प्ले-अफ रेस अझ रोचक बनेको छ ।

पन्जाबलाई पराजित गरेपछि राजस्थान अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ । पन्जाब चौथो स्थानमा यथावत छ भने कोलकाता छैठौं स्थानमा छ। राजस्थान, पन्जाब र कोलकाताले अब १ खेल मात्र खेल्न बाँकी रहेको छ। २ खेल खेल बाँकी रहेको हैदरावाद सातौँ स्थानमा छ।

हालसम्म मुम्बई प्लेअफ पुगीसकेको छ भने चेन्नाई बाहिर भैसकेको छ। अब लिगमा ६ वटा खेल बाँकी छन् भने ६ वटा टिम बाँकी ३ प्ले-अफ स्थानको लागि प्रतिस्पर्धामा छन् । हेर्नुस ६ टिमको प्ले-अफ पुग्ने समीकरण के छ ।

राजस्थान रोयल्स

( खेल १३, अंक १२ , नेट रन रेट -०.३७७ , बाँकी खेल – कोलकातासंग )

– कोलकातासंग खेल जितेर १४ अंक पुर्याउने र अन्य टिमको नतिजा आफ्नो अनुसार जाओस् भन्ने कामना राजस्थानले गर्नुपर्नेछ।

– पन्जाबले हैदरावादसंग हार्ने र हैदरावादले बढीमा एउटा खेल जितेमा राजस्थान १४ अंकको साथ नेट रन रेटको बाधा बिना प्लेअफ पुग्नेछ।

– नेट रन रेट अघि आएमा पनि यदी दिल्ली अथवा बैंगलोरले बाँकी दुवै खेल हारेको खण्डमा १४ अंकमा सिमित हुनेछ। उक्त टिमलाई राजस्थानले नेट रन रेटमा पछि पार्न सक्छ।

 

किंग्स ११ पन्जाब

( खेल १३, अंक १२, नेट रन रेट -०.१३३ , बाँकी खेल – चेन्नाई सुपर किंग्स )

– राजस्थानसंगको हार पछि अब पन्जाब प्ले अफ पुग्न अन्य टिमको नतिजाले साथ दिनुपर्छ

– अन्तिम खेलमा चेन्नाईलाई पराजित गरेको खण्डमा पनि यदी हैदरावादले दुवै खेल जितेको खण्डमा प्लेअफ पुग्न सक्नेछैन।

– हैदरावादले बाँकी २ खेल मध्ये १ खेलमा हार बेहोरेको खण्डमा भने पन्जाबको सम्भावना प्रवल हुनेछ।

– पन्जाब प्लेअफ पुग्ने सबैभन्दा सहज बाटो अन्तिम खेलमा चेन्नाईलाई पराजित गर्ने र त्यसपछि हैदरावादले कम्तिमा एउटा खेल हार्ने हो। राजस्थान र कोलकाता बीचको खेलमा विजयी हुने टिमको पनि १४ अंक हुनेछ तर नेट रन रेट पन्जाबको भन्दा दुवै कम रहेकोले पन्जाबलाई पछि पार्न मुस्किल छ।

 

रोयल च्यालेन्जर्स बैंगलोर

( खेल १२, अंक १४, नेट रन रेट ०.०४८ , बाँकी खेल , हैदरावाद र दिल्लीसंग )

– बाँकी २ खेल मध्ये एउटा खेल जितेमा बैंगलोर प्ले-अफमा छनौट हुनेछ

– दुवै खेल हारेको खण्डमा पनि बैंगलोर छनौट हुन सक्छ जसको लागि नेट रन रेट भने राम्रो हुनुपर्छ

सनराइजर्स हैदरावाद

( खेल १२, अंक १० , नेट रन रेट ०.३९६ , बाँकी खेल , बैंगलोर र मुम्बईसंग )

– बाँकी दुवै खेल जितेमा हैदरावाद कसैको अवरोध बिना प्लेअफ पुग्नेछ , नेट रन रेट राम्रो रहेकोले दुवै खेल जितेमा हैदरावाद अघि बढ्नेछ ।

– यदी एउटा खेल मात्र हारेको खण्डमा हैदरावादको सम्भावना समाप्त हुनेछ ।

 

दिल्ली क्यापिटल्स

( खेल १२, अंक १४, नेट रन रेट ०.०३० ,बाँकी खेल , मुम्बई र बैंगलोरसंग )

– दिल्लीले मुम्बई र बैंगलोरसंग खेल्नेछ जसमा एउटा खेल जितेमा प्लेअफ पुग्नेछ

– यदी दुवै खेलमा हार बेहोरेको खण्डमा भने १४ अंकमा सिमित दिल्लीलाई नेट रन रेटमा अन्य टिमले उछिन्न सक्ने सम्भावना प्रवल छ ।

 

कोलकाता नाइट राइडर्स

( खेल १३, अंक १२, नेट रन रेट -०.४६७ , बाँकी खेल , राजस्थानसंग )

– कोलकाताले राजस्थानलाई पराजित गरेको खण्डमा पनि प्लेअफ पुग्नको लागि पन्जाबले अन्तिम खेलमा हार बेहोर्नुपर्नेछ भने हैदरावादले पनि बाँकी २ खेल मध्ये कम्तिमा एउटा खेल हार्नुपर्नेछ।

– यदी राजस्थानलाई पराजित गरेपछि अन्य टिमसंग अंक बराबरी भएको खण्डमा भने नेट रन रेट निकै कमजोर रहेकोले कोलकाताको सम्भावना छैन।

प्रकाशित मिति २०७७ कात्तिक १५ गते शनिबार ०१:४६
हजुरको प्रतिक्रिया