पोखरा
नेपालमा पाइने जडिबुटिले बनेको कपालमा लगाउने तेल यचु हेयर आयल पोखरामा शुभारम्भ हुन लागेको छ । भुमी एमडिआर इण्डष्ट्रिजको उत्पादन यचु हेयर आयल बुधबार देखि पोखरा चिप्लेढुंगाबाट औपचारिक रुपमा शुभारम्भ हुँदैछ ।
शुभारम्भको अवसरमा एक हप्तासम्म कम्पनीको हेयर ट्रीटमेन्टको टोलीले पोखरामा निःशुल्क क्याम्प समेत सञ्चालन गर्न लागेको छ । केमिकल रहित नेपाली जडिबुटिको प्रयोगले तेल उत्पादन भएको कम्पनीको दाबी छ । यचु नेवारी भाषाको शब्द हो जसको अर्थ सफा रहेको छ ।
सय वर्षअघिदेखि हजुरआमाको पालाबाट प्रयोग गर्दै आएको जडिबुटिसहितको सामग्रीले बनेको तेललाई ब्रान्डिङ गरेर बजारमा ल्याइएको यचु हेयर आयलका अध्यक्ष उज्वल मानन्धरले बताए । उनले भने, ‘मेरो आमाको पनि बज्यैको पालादेखि नै यो तेल बन्थ्यो । हाम्रो परिवार नै यहि तेलको प्रयोग गरेर हुर्कियौं । त्यतिबेला देखि यो तेल बिक्रि गर्थ्यौ, अहिले बल्ल ब्रान्डिङ गर्यौ र बजारमा ल्यायौं । ‘
गत साउन ६ गतेदेखि मात्र यचु हेयर आयलले औपचारिक रुपमा बिक्रि वितरणको सुरुआत गरेको थियो ।

उज्वल मानन्धर, अध्यक्ष, यचु हेयर आयल
नेपालको उत्पादन रहेको तेललाई प्रवद्र्धनको आवश्यकता रहेको अध्यक्ष मानन्धरले बताए । काठमाडौंमा मुख्य कार्यालय रहेको हेयर आयलले काठमाडौंको पानीपोखरी र जोरपाटी, चितवनको हाकिमचोक हुँदै बुधबारदेखि पोखराको चिप्लेढुंगामा शाखा विस्तार गर्न लागेको हेयर आयलका शाखा कार्यालय प्रमुख दुर्गेशमान श्रेष्ठले जानकारी दिए । हाल २५० मिलिलिटरको यचु तेल २ हजार ५ सय रुपैयाँमा बिक्रि वितरण भइरहेको छ ।
प्रकाशित मिति २०७९ चैत २१ गते मंगलबार ०६:४४




