थला परेको पर्यटन क्षेत्रमा राहत पुग्ने अपेक्षा
पोखरा
पर्यटकलाई निम्ता गर्दै नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले फेवा नव वर्ष महोत्सवको आयोजना गरेको छ । पर्यटकको स्वागतमा जागिरहने पोखरामा पर्यटक आवागमन न्युन भइरहेकाले नेपाली नयाँ वर्षसँगै यो अवस्था नरहने विश्वास व्यवसायीको छ ।
नव वर्ष महोत्सवले पोखराका होटल कम्तिमा पनि ५० प्रतिशत भरिने र अन्य व्यवसायलाई राहत मिल्ने भन्दै व्यवसायी हौसिएका छन् । चैत २९ गतेबाट ३ दिन १८ औं फेवा नव वर्ष महोत्सवका रुपमा पोखराले उत्सवका रुपमा मनाउने होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीको भनाइ छ । नयाँ वर्षसँगै पर्यटन व्यवसायमा नयाँ उत्साह थप्ने सुवेदीले विश्वास व्यक्त गरे ।
पोखरा–६ लेकसाइडको २ किलोमिटर सडकमा महोत्सवका निम्ति सवारी साधन आवागनम पनि रोकेर कार्यक्रम गरिँदै छ । महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर र प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन गर्ने संघको भनाइ छ ।
पोखरा–६ लेकसाइडको २ किलोमिटर सडकमा महोत्सवका निम्ति सवारी साधन पनि आवागनम रोकेर कार्यक्रम गरिँदै छ । महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर र प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन गर्ने संघको भनाइ छ । कोरोनापछि लयमा फर्किन लागेको पर्यटन व्यवसाय फेरि संकटमा परेको होटल संघ सचिव पार्वती पहारीको भनाइ छ । पोखरामा पर्यटक आइरहेको भए पनि व्यवसायी धेरै हुँदा सबैले लाभ लिन नसकेको र हवाइ तथा सडकका कारण पनि पर्यटक आवागमनमा कमी आएको पाण्डेले बताइन् ।
पर्यटन क्षेत्र सरकारको प्राथमिकतामा पनि नपर्ने, राहत र पुनरुत्थानका कार्यक्रम पनि नल्याउने गर्दा व्यवसायी मर्कामा परेको होटल संघका महासचिव राजेन्द्र ढकालको भनाइ छ । बैंकले किस्ता र ब्याज तिर्न ताकेता गर्दा व्यवसायीहरुले समय सीमा बढाइदिन अनुरोध गरिरहेको बताउँदै ढकालले नयाँ वर्षसँगै पर्यटकको संख्या बढाउने गरी हुने महोत्सवले व्यवसायीलाई थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति २०७९ चैत २२ गते बुधबार ०६:५७




