२०८३ कात्तिक ११ गते मंगलबार

२ महिनादेखि भेन्टिलेटरमा भेष, सहयोगको लागि परिवारको अपिल

२ महिनादेखि भेन्टिलेटरमा भेष, सहयोगको लागि परिवारको अपिल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २२ गते बुधबार ०२:५८

स्वास्थ्य बिमा र अपांगताको प्रमाणपत्रले उनको उपचार निःशुल्क भएपनि अन्य दबाई र घाँटीमा लगाउनुपर्ने नयाँ प्लेटले नै दुई लाख बढी खर्च भयोे ।

पोखरा

रुपन्देही सैनामैना घर भएका १५ वर्षीया भेषबहादुर थारु दुई महिनादेखि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत  छन् । गत माघमा उनको घाँटीको पछाडि भागमा अपरेशन गरिएको थियो ।

डाउन सिन्ड्रोमको अवस्थाका थारुका लागि घाँटीको उपचार प्रक्रिया निकै जटिल रहेको अस्पतालमा कार्यरत चिकित्सक बताँउछन् । पोखरा सिर्जनाचोकमा डेरा गरि बस्ने भेषको परिवारको दैनिकि २ महिनादेखि बदलिएको छ । दुई छोरा रहेको परिवारमा कान्छा छोरा भेष डाउन सिन्ड्रोमको अवस्थामा छन् । यसले गर्दा भेष आफ्नो दैनिकिका लागि परिवारका अरु सदस्यमा निर्भर हुनुपर्ने अवस्था छ । फर्निचरमा काम गर्ने बुवा दानबहादुर थारुले अहिले काम गर्न जान पाएका छैनन् । जसले गर्दा आर्थिक समस्याबाट गुज्रनुपरेको उनी बताँउछन् ।

डाउन सिन्ड्रोमको अवस्थाका कारण भेष विशेष विद्यालय जाने गर्थे । ४ वर्षअघि उनको घाँटीको पछाडी भागमा देखिएको समस्याले उनी कमजोर हुँदै गए । परिवारले अस्पतालमा जाँच गराएपनि पत्ता लगाउन सकेनन् । अन्तत ४ वर्षपछि भने अस्पतालबाट घाँटी पछाडीको भागमा नयाँ प्लेट राख्नुपर्ने अवस्था आयो ।

स्वास्थ्य बिमा र अपांगताको प्रमाणपत्रले उनको उपचार निःशुल्क भएपनि अन्य दबाई र घाँटीमा लगाउनुपर्ने नयाँ प्लेटले नै दुई लाख बढी खर्च भयोे । दबाई उधारो ल्याएर उपचार गराइरहेको आमा जमुना थारुले बताइन् । उनले छोराको उपचारमा सहयोगको लागि अपिल पनि गरिन् ।

अपरेशन पछि अहिले भेषको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको छ । सामाजिक अभियन्ता राजन श्रेष्ठ, डाउन सिन्ड्रोम समाज कास्कीको पहलमा परिवारका लागि आर्थिक सहयोग संकलन कार्य भइरहेको छ ।

प्रकाशित मिति २०७९ चैत २२ गते बुधबार ०२:५८
हजुरको प्रतिक्रिया