२०८३ साउन २१ गते बिहीबार

बलियो नेपाल कपको दोस्रो दिनः कर्णाली र स्टार विजयी

बलियो नेपाल कपको दोस्रो दिनः कर्णाली र स्टार विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २३ गते बिहीबार ०५:३६

चैत २७ गते फाइनल हुने प्रतियोगितामा इलाम, कर्णाली, स्टार, जनकपुर र पोखरा क्रिकेट एकेडेमीसँगै पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर सहभागी छन् ।

पोखरा

पोखरा रंगशालामा जारी बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा कर्णाली क्रिकेट एकेडेमीले इलाम क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गर्यो ।

कर्णाली क्रिकेट एकेडेमीले इलामक्रिकेट एकेडेमीलाई १ सय २३ रनको लक्ष्य दिएको थियो । टस जितेर ब्याटिङ गरेको कर्णाली क्रिकेटले दिएको लक्ष्य पछ्याएको इलाम क्रिकेट एकेडेमीले १३ ओभरमा ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । जितका लागि कर्णालीका विराट भण्डारीले ३८ बलमा ६२ रन जोडे । भण्डारी प्लेयर अफ दि म्याचसमेत घोषित भएका छन् ।

त्यस्तै आजै भएको दोस्रोे खेलमा स्टार क्रिकेट एकेडेमीले पोखरा क्रिकेट एकेडेमीलाई २५ रनले हराएको छ । स्टार क्रिकेट एकेडेमिले पोखरा क्रिकेट एकेडेमीलाई ९२ रनको लक्ष्य दिएको थियो । टस जितेर ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमीले दिएको लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमीले १९ दशमलब ४ ओभरमा १० विकेट गुमाउँदै मात्र ६६ रन बनाउन सक्यो । स्टारका अमर मिश्र प्लेयर अफ दि म्याच घोषित भए ।

चैत २७ गते फाइनल हुने प्रतियोगितामा इलाम, कर्णाली, स्टार, जनकपुर र पोखरा क्रिकेट एकेडेमीसँगै पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर सहभागी छन् । बलियो नेपाल पोषण अभियानको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उविजेताले २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०७९ चैत २३ गते बिहीबार ०५:३६
हजुरको प्रतिक्रिया