२०८३ साउन २१ गते बिहीबार

आज स्वास्थ्य बिमा दिवस

आज स्वास्थ्य बिमा दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २५ गते शनिबार ०८:१७

बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधी उपचार सरकारले तोकेको अस्पतालमा निशुल्क उपचार गर्न पाइन्छ ।

पोखरा

आज सातौं स्वास्थ्य बिमा दिवस । विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ यो दिवस आज देशभर मनाउन लागिएको हो । २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।

स्वास्थ्य बीमा कार्यक्रम ७ सय ४८ वटा पालिकामा विस्तार भएको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार काठमाडाैं र ललितपुर महानगरपालिका तथा कीर्तिपुर, बूढानीलकण्ठ र नार्गाजुन नगरपालिकामा सेवा विस्तार हुन बाँकी रहेको छ ।नेपालमा कुल ६४ लाख ५४ हजार ७ सय ७२ जनाले स्वास्थ्य बिमा गरेका छन् । यो वर्ष स्वास्थ्य बिमामा आबद्ध भएकामध्ये ७० प्रतिशतले बिमा नवीकरण नगरेको बोर्डले बताएको छ ।

स्वास्थ्य बिमामा आबद्ध भएकामध्ये ४५ प्रतिशत अर्थात् २८ लाख ९३ हजार ५ सय ७२ जना बिमितले सेवा लिएका छन् । देशभर ४ सय ४० स्वास्थ्य संस्थामा बिमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका आधारमा सुविधा व्यवस्था छ । बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधी उपचार सरकारले तोकेको अस्पतालमा निशुल्क उपचार गर्न पाइन्छ ।

पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रति सदस्यका दरले थप दुई सय रुपैयाँ बुझाउनु पर्छ । सातौँ स्वास्थ्य बीमा दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत लगायतले शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०७९ चैत २५ गते शनिबार ०८:१७
हजुरको प्रतिक्रिया