२०८३ साउन २१ गते बिहीबार

अन्नपूर्ण हिमालमा यस वर्षको आरोहण सुरु

अन्नपूर्ण हिमालमा यस वर्षको आरोहण सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २ गते शनिबार ०४:२६

सेभेन समिट ट्रेकका आरोहण सहयोगी पासाङ नुर्वु शेर्पासहितको टोलीले शिखरसम्मको बाटो खोलेसँगै आज आरोहण टोली अन्नपूर्णको शिखरमा पुगेको हो ।

चार जना शेर्पा र दुई जना विदेशी चुचुरोमा

पोखरा

अन्नपूर्ण हिमालमा यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएको छ । सेभेन समिट ट्रेकका आरोहण सहयोगी पासाङ नुर्वु शेर्पासहितको टोलीले शिखरसम्मको बाटो खोलेसँगै आज आरोहण टोली अन्नपूर्णको शिखरमा पुगेको हो ।

अहिलेसम्म चार जना शेर्पा र दुई जना विदेशी नागरिक अन्नपूर्णको शिखरमा पुगेको जानकारी प्राप्त भएको सेभेन समिट ट्रेक्सका प्रवन्धक थानेश्वर गुरागाईंले जानकारी दिए । अरु आरोहीहरु पनि शिखरमा जाने क्रममा रहेका छन् ।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि अहिलेसम्म पाँच वटा समूहका ५४ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।

यस्तै यस वर्षको वसन्त ऋतुमा आरोहणका लागि अहिलेसम्म २१ वटा हिमालमा ५ सय १२ जनाले अनुमती लिएका पर्यटन विभागले जनाएको छ । जसमा एक सय तीन जना महिला छन् ।

सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि एक सय ९७ जनाले अनुमति लिएका छन् । यस वर्ष अनुमति लिएका आरोहीबाट सरकारले ३१ करोड ३४ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

प्रकाशित मिति २०८० वैशाख २ गते शनिबार ०४:२६
हजुरको प्रतिक्रिया