२०८३ असोज २३ गते शुक्रबार

आईपीएल : प्लेअफ रेसबाट पन्जाव बाहिरियाे, कसकाे सम्भावना कति ?

आईपीएल : प्लेअफ रेसबाट पन्जाव बाहिरियाे, कसकाे सम्भावना कति ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १६ गते आइतबार ०९:३२

पाेखरा । चेन्नाई सुपर किंग्सलाइ पराजित गर्दै अन्तिम ४ मा छनाेट हुने पन्जावकाे सपना चकनाचुर भएकाे छ ।चेन्नाई सुपर किंग्ससंग ९ विकेटले पराजित हुँदै किंग्स-११ पन्जाब आईपीएलको प्लेअफ रेसबाट बाहिर हुने दोश्रो टिम बनेपछि पन्जावकाे...

दिल्ली र हैदराबादकाे सम्भावना बलियाे

पाेखरा । चेन्नाई सुपर किंग्सलाइ पराजित गर्दै अन्तिम ४ मा छनाेट हुने पन्जावकाे सपना चकनाचुर भएकाे छ ।चेन्नाई सुपर किंग्ससंग ९ विकेटले पराजित हुँदै किंग्स-११ पन्जाब आईपीएलको प्लेअफ रेसबाट बाहिर हुने दोश्रो टिम बनेपछि पन्जावकाे सपना चकनाचुर भएकाे हाे । उसैसंगकाे प्रतिद्वन्द्वी चेन्नाइ यसअघी नै प्लेअफकाे रेसबाट बाहिरिने पहिलाे टाेली बनेकाे थियाे ।

अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा पन्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नाईले मात्र १ विकेट गुमेर १८.५ ओभरमा पुरा गर्यो।

चेन्नाईको ब्याटिंगमा रुतुराज गायकवाडले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ४९ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

गायकवाड लगातार ३ खेलमा अर्धशतक बनाउने चेन्नाई सुपर किंग्सका पहिलो खेलाडी समेत बन्न पुगे। उनले यस अघि बैंगलोर बिरुद्ध ६५ तथा कोलकाता बिरुद्ध ५१ रन बनाएका थिए।

फाफ डु प्लेसीले ३४ बलमा ४८ रन बनाए जुन क्रममा ४ चौका र २ छक्का प्रहार गरे। अम्बाती रायडुले अविजित २८ रन बनाए।

पन्जाबको बलिंगमा १ मात्र विकेट क्रिस जोर्डनले लिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो।

पन्जाबको लागि दिपक हुडाले सर्वाधिक ६२ रन बनाए जुन क्रममा ३० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। आईपीएल करियरमा हुडाको यो दोश्रो अर्धशतक हो। पछिल्लो पटक उनले २०१५ मा अर्धशतक बनाएका थिए। उनले पहिलो र दोश्रो अर्धशतक बीचमा ४८ खेल खेले जुन आईपीएलमा २ वटा अर्धशतकको बीचमा दोश्रो ठुलो अन्तर हो। यस अघि सबैभन्दा धेरै युसुफ पठानले ४९ खेलको अन्तरमा २ वटा अर्धशतक बनाएका थिए।

कप्तान केएल राहुलले २९, मायाँक अग्रवालले २६, मन्दिप सिंहले १४, क्रिस गेलले १२ रन बनाए। क्रिस जोर्डनले अविजित ४, निकोलस पुरन र जेम्स निशमले समान २ रन बनाए।

चेन्नाईको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३९ रन खर्चिए। शार्दुल ठाकुर ( ४-०-२७-१ ), रभिन्द्र जडेजा ( ३-०-१७-१ ) , इमरान ताहिर ( ४-०-२४-१ ) ले समान १ विकेट लिए।

अंकतालिका र प्लेअफ समीकरण

१४ खेलमा ६ जित र ८ हार बेहोरेको पन्जाब अंकतालिकामा पाँचौ स्थानमा यथावत रहेको छ भने चेन्नाई जितपछि कोलकातालाई पछि पार्दै सातौँ स्थानमा उक्लेको छ। चेन्नाईले १४ खेलमा ६ जित र ८ हार बेहोर्दै लिग समाप्त गर्यो ।

पन्जाब पराजित भएपछि अब कोलकाता, राजस्थान र हैदरावादको प्लेअफ सम्भावना बढेको छ। हैदरावाद मुम्बईसंग अन्तिम खेलमा मंगलबार विजयी भएको खण्डमा प्लेअफ छनौट हुनेछ। हैदरावाद पराजित भएको खण्डमा कोलकाता र राजस्थान बिचको खेलमा विजयी हुने टिम तथा बैंगलोर र दिल्ली बीच खेलमा पराजित हुने टिम मध्ये नेट रन रेटमा उत्कृस्ट हुने टिम प्लेअफ पुग्नेछ।

प्रकाशित मिति २०७७ कात्तिक १६ गते आइतबार ०९:३२
हजुरको प्रतिक्रिया