२०८३ असोज २३ गते शुक्रबार

आईपीएल : राजस्थान प्लेअफ हाेडबाट बाहिरियाे, काेलकताकाे सम्भावना जिवितै

आईपीएल :  राजस्थान प्लेअफ हाेडबाट बाहिरियाे, काेलकताकाे सम्भावना जिवितै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १७ गते सोमबार ०७:१८

पाेखरा । दुबइमा जारी आईपीएलकाे याे सिजनमा राजस्थान राेयल्स लिगचरणबाटै बाहिरिने तेस्राे अभागी टाेली बनेकाे छ । उससंग काेलकतालाइ हराउँदै प्लेअफकाे सम्भावना जिवितै राख्ने अवसर थियाे यद्यपी उसले प्रेसरकाे अन्तिम खेलमा लय गुमाउँदा...

पाेखरा । दुबइमा जारी आईपीएलकाे याे सिजनमा राजस्थान राेयल्स लिगचरणबाटै बाहिरिने तेस्राे अभागी टाेली बनेकाे छ । उससंग काेलकतालाइ हराउँदै प्लेअफकाे सम्भावना जिवितै राख्ने अवसर थियाे यद्यपी उसले प्रेसरकाे अन्तिम खेलमा लय गुमाउँदा याे सिजन लिग चरणमै चित्त बुझाउन बाध्य भएकाे छ । यस अघि चेन्नाई र पन्जाब प्लेअफकाे हाेडबाट बाहिरिइ सकेका छन ।

यता, राजस्थान रोयल्सलाई ६० रनको ठुलो अन्तरले पराजित गर्दै कोलकाता नाइट राइडर्सले आईपीएलको प्लेअफ सम्भावना जिवितै राखेको छ। हारपछि राजस्थान लिगबाट बाहिरिने तेश्रो टिम बनेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।

राजस्थानको लागि जोस बटलरले ३५, राहुल तेवतियाले ३१, श्रेयस गोपालले अविजित २३ तथा बेन स्टोक्सले १८ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अत्यन्त कमजोर सुरुवात गरेको राजस्थानले पहिलो ५ विकेट ३७ रनको योगफलमै गुमाएको थियो ।

कोलकाताको बलिंगमा प्याट कमिन्स एक्लैले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। आईपीएल करियरमा कमिन्सको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। वरुण चक्रवर्ती ( ४-०-२०-२ ) र शिभम माभीले ( ४-१-१५-२ ) समान २ विकेट तथा कमलेश नगरकोटीले ( ४-०-२४-१ ) ले १ विकेट लिए । प्याट कमिन्सले रोबिन उथप्पा, बेन स्टोक्स, स्टिभ स्मिथ र रियान परागलाई तथा शिभम माभीले सन्जु स्यामसनलाई पेभेलियन फर्काएका थिए ।

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो।

कोलकाताको लागि कप्तान ओएन मोर्गनले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ३५ बलमा ६ छक्का र ५ चौका प्रहार गरे।

राहुल त्रिपाठीले ३४ बलमा ४ चौका र २ छक्का मद्दतले ३९ रन, शुबमन गिलले २४ बलमा ६ चौका मद्दतले ३६ रन तथा आन्द्रे रसेलले ११ बलमा १ चौका र ३ छक्का मद्दतले २५ रन बनाए। प्याट कमिन्सले १५ रन बनाए। नितिश राना, सुनिल नारायण र दिनेश कार्तिकले खाता खोल्न सकेनन्।

राजस्थानको बलिंगमा लेग स्पिनर राहुल तेवतियाले सर्वाधिक ३ विकेट ( ४-०-२५-३ ) तथा कार्तिक त्यागिले २ विकेट ( ४-०-३६-२ ) लिए। जोफ्रा आर्चर ( ४-०-१९-१ ) , श्रेयस गोपाल ( ३-०-४४-१ ) ले समान १ विकेट लिए ।

प्रकाशित मिति २०७७ कात्तिक १७ गते सोमबार ०७:१८
हजुरको प्रतिक्रिया