२०८३ असोज २४ गते शनिबार

पाल्पाको जोरधारामा बस दुर्घटना, १ महिलाको मृत्यु

पाल्पाको जोरधारामा बस दुर्घटना, १ महिलाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १० गते आइतबार १२:४०

बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

बुटवल

पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको छ ।

मृतक महिलाको परिचय खुल्न नसकेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८० वैशाख १० गते आइतबार १२:४०
हजुरको प्रतिक्रिया