२०८३ असोज २४ गते शनिबार

नेकपा एसका महानगर कमिटी सचिव एमाले फर्किए

नेकपा एसका महानगर कमिटी सचिव एमाले फर्किए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १३ गते बुधबार ०४:३०

नेकपा एकीकृत समाजवादीका पोखरा महानगर कमिटी सचिव सुशील बस्नेत नेकपा एमाले प्रवेश गरेका छन् ।

पोखरा । नेकपा एकीकृत समाजवादीका पोखरा महानगर कमिटी सचिव सुशील बस्नेत नेकपा एमाले प्रवेश गरेका छन् ।

पार्टी प्रदेश कमिटीले आयोजना गरेको मिसन ग्रासरूटको समीक्षा बैठकमा बस्नेत, महानगर कमिटी उपसचिव गणेश कार्कीसहित २० जना नेता-कार्यकर्ता बुधबार प्रवेश गरेको एमाले केन्द्रीय सदस्य राजीव पहारीले जानकारी दिए ।

उनीहरूलाई पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव पद्मा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारीलगायतले स्वागत गरे ।

यसअघि एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य चुणामणि जंगली, प्रदेश कमिटी सदस्य खेमराज आचार्यलगायत एमाले फर्किएका थिए ।

प्रकाशित मिति २०८० वैशाख १३ गते बुधबार ०४:३०
हजुरको प्रतिक्रिया