नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा शनिबार भएको सेमिफाइनल खेल वर्षाका कारण नतिजाविहीन हुँदा समूह विजेताका आधारमा सोझै फाइनल पुगेको हो ।
फाइनलमा नेपालले युएईसँग भिड्नेछ । युएई र ओमानबीचको अर्को सेमिफाइनल खेलको निर्णय भने डीएलएस प्रणालीबाट युएई विजयी भएको हो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दा २३.२ ओभरको खेल सकिँदा वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो । नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो ।
डीएलएस प्रणालीका आधारमा कुवेतले २८१ रनको लक्ष्य पाएको थियो ।
शनिबारको साप्ताहिक बिदा र नेपालको महत्वपूर्ण खेल भएकाले हजारौं क्रिकेट समर्थक त्रिवि मैदानमा खेल हेर्न पुगेका थिए ।
भारी वर्षाका कारण उनीहरु निथ्रुक्कै भिजेका थिए ।
थप तस्वीरहरूः










प्रकाशित मिति २०८० वैशाख १६ गते शनिबार ०८:२७