पोखरा,
नेपाली टोलीले भारतसँग भएको टी–२० नेत्रहीन महिला क्रिकेट श्रृंखला जित हात पारेको छ ।
सिरिजअन्तर्गत आइतबार काठमाडौंमा भएको अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएसँगै प्रतियोगिता नेपालले जितेको हो ।
पोखरा र काठमाडौंमा भएको ४ खेलमा नेपालले ३ खेल जित निकालेको हो । आइतबार भएको १० ओभरको खेलमा नेपालले टस हारेर ब्याटिङ पाएको थियो । जसमा ९३ रन जोड्न सक्यो ।
९४ रनको लक्ष्य पाएको भारतीय टोलीले वर्षाका कारण खेल रद्ध भएपछि ब्याटिङ गर्ने मौका पाएन । जसको कारण अघिल्लो खेलका नतिजाका आधारमा नेपाल विजेता घोषित भएको हो ।
खेलको सिरिज अफ दि म्याच समूह बी ‘३’बाट विनिता पुन, बी ‘२’समूहबाट मनकेसा चौधरी र बी ‘१’बाट सिमु दासले प्राप्त गरिन् । पोखरामा भएको २ खेलमा एक खेल नेपाल र एक खेल भारतले जित निकालेको थियो ।
साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा विनिता पुन शतक पूरा गर्ने पहिलो दृष्टिविहीन महिला बनेकी छन् ।
प्रकाशित मिति २०८० वैशाख १७ गते आइतबार ०३:०८