हैदराबादकाे शानदार जित
पाेखरा । आईपीएल २०२० अन्तर्गत लिग चरणको अन्तिम खेल जित्दै हैदरावाद प्ले-अफ पुग्ने चौथो टिम बन्न सफल भएको छ । हैदराबादले मुम्बईविरूद्द १० विकेटकाे शानदार जित निकाल्दै प्लेअफमा आफूलाई सुरक्षित गरेकाे हाे । यस अघि मुम्बई, दिल्ली र बैंगलोरले प्ले-अफमा आफूलाई सुरक्षित गरेका थिए ।
हैदराबादलाई प्लेअफ पुग्नको लागि मुम्बई बिरूद्दकाे खेलमा जित्नैपर्ने दवाव थियाे । यता, हैदराबादकाे हारले कोलकाता नाइट राइडर्स प्लेअफमा सुरक्षित हुनसक्थ्याे तर त्यस्ताे भएन । अंक बराबरी भएता पनि नेट रन रेटमा पछि पर्दै काेलकता प्लेअफ पुग्न असफल रह्यो ।
अंकतालिकामा १८ अंक सहित मुम्बई पहिलो, १६ अंक सहित दिल्ली दोश्रो, १४ अंक सहित हैदरावाद तेश्रो तथा रनरेटमा कमजाेर समान १४ अंक जाेडेकाे बैंगलोर चौथो स्थानमा रह्यो । काेलकताकाे दूर्भाग्य समान अंक भएरपनि हैदरावाद र बैंगलोरभन्दा नेट रन रेटमा पछि पर्दै प्लेअफबाट बाहिरियाे ।
शारजाह स्टेडियममा सम्पन्न खेलमा मुम्बईले दिएको १५० रनको लक्ष्य हैदरावादले विना कुनै विकेटकाे क्षतिमा १७.१ ओभरमै लक्ष्य पुरा गर्यो ।

कप्तान डेभिड वार्नर र रिद्दीमान साहाले १५१ रनको ओपनिंग साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए ।वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै ८५ रन बनाए । यस्तै साहाले ४५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए ।
आईपीएलमा ६ वटा सिजनमा वार्नरले ५ सय भन्दा बढी रन बनाउदै नयाँ कीर्तिमान कायम गरेका छन् । उनले ५ सिजन ५ सय रन पुरा गर्ने कीर्तिमान बनाएका बिराट कोहलीलाई उछिनेका छन ।
यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
मुम्बईको लागि काइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए जुन क्रममा २५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। सुर्यकुमार यादवले ३६ रन बनाए भने इशान किशनले ३३, क्विन्टन डीककले २५ रन बनाए ।

हैदरावादको बलिंगमा दायाँ हाते पेसर सन्दिप शर्माले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३४ रन खर्चिए। उनले रोहित शर्मा, क्विन्टन डीकक र इशान किशनको महत्वपूर्ण विकेट लिए। शाहबाज नदीम र जेसन होल्डरले समान २ विकेट तथा राशिद खानले १ विकेट लिए।
लिग चरणको समाप्ति पछि १३ औं आईपीएलको प्लेअफ समीकरण पनि पुरा भएको छ । पहिलो क्वालिफायर नोभेम्बर ५ तारिखमा (बिहिबार) मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स बीच दुबई क्रिकेट स्टेडियममा खेलिने छ। यस्तै इलिमीनेटर नोभेम्बर ६ तारिखमा रोयल च्यालेन्जर्स बैंगलोर र हैदरावाद बीच शेखजायद स्टेडियम अबुधाबीमा खेलिनेछ । पहिलो क्वालीफायरमा विजयी हुने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमीनेटरमा विजयी हुने टिमसंग फाइनल प्रवेशको लागि दोश्रो क्वालीफायरमा प्रतिस्पर्धा गर्नेछ । दोश्रो क्वालीफायर नोभेम्बर ८ मा तथा फाइनल नोभेम्बर १० तारिखमा खेलिनेछ ।
आईपीएलको प्लेअफ खेलतालिका
नोभेम्बर ५ ( पहिलो क्वालीफायर ) : मुम्बई इन्डीएन्स Vs दिल्ली क्यापिटल्स
नोभेम्बर ६ ( इलिमीनेटर ) : रोयल च्यालेन्जर्स बैंगलोर Vs सनराइजर्स हैदरावाद
नोभेम्बर ८ ( दोश्रो क्वालीफायर ) : पहिलो क्वालीफायरमा पराजित हुने टिम Vs इलिमीनेटरमा विजयी हुने टिम
नोभेबर १० ( फाइनल ) : पहिलो क्वालीफायर विजयी टिम Vs दोश्रो क्वालिफायरमा विजयी टिम
प्रकाशित मिति २०७७ कात्तिक १९ गते बुधबार ०७:४१




