२०८३ असोज २४ गते शनिबार

काम गर्छु भन्नेलाई घेराबन्दी हुन्छः पृथ्वीसुब्बा गुरूङ

काम गर्छु भन्नेलाई घेराबन्दी हुन्छः पृथ्वीसुब्बा गुरूङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १७ गते आइतबार ०८:३८

‘अदालत पनि लागेर हरायो । देशको भलो चिताउने मान्छे देख्नै नचाहने,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले भने, ‘मदन भण्डारी त्यत्रो राम्रो, देशको भलो चिताउने मान्छे थिए । त्रिशुलीमा लगेर हालिदियो, मारिदियो । अलिअलि काम गर्छु भनेको मान्छेलाई घेराबन्दी गरिहाल्छन् ।’

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले देशमा केही काम गर्छु भन्ने नेतालाई घेराबन्दीमा पारिने टिप्पणी गरेका छन् ।

लमजुङ र कास्कीको सीमामा पर्ने रूदी खोला पुलको आइतबार उद्घाटन गर्दै गुरूङले नेता मदन भण्डारीको रहस्यमय मृत्युलाई हत्या भएको बताउँदै ‘त्रिशुलीमा लगेर मारिएको’ टिप्पणी गरे । ‘अदालत पनि लागेर हरायो । देशको भलो चिताउने मान्छे देख्नै नचाहने,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले भने, ‘मदन भण्डारी त्यत्रो राम्रो, देशको भलो चिताउने मान्छे थिए । त्रिशुलीमा लगेर हालिदियो, मारिदियो । अलिअलि काम गर्छु भनेको मान्छेलाई घेराबन्दी गरिहाल्छन् ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काम गर्न नदिएर एक्लै पारिएको उनको भनाइ छ । काम गर्छु भन्ने मान्छेलाई सत्ताबाट फालिहाल्ने अवस्था देशमा रहेको गुरूङले बताए । ‘नेपाल त सतीले सरापेको देश हो । राम्रो मान्छे रहेछ कि फाल्दिहाल्ने,’ उनले थपे, ‘उसको (केपी ओली) छोराछोरी छैन । आफ्नो घर पनि सबै सरकारलाई बुझाइसक्यो । त्यो झापाको एउटा बाहुन छ केपी शर्मा ओली भन्ने । उसलाई देख्न नसहेर एक्लो पारे ।’

राजमार्ग बनाउने, पालिका–पालिकामा अस्पताल निर्माण, सिँचाइ आयोजनाको काम गरेको मान्छेलाई देख्नै नसकेको गुरूङले बताए । समयसापेक्ष नीतिनियम बनाउन नसक्दा पनि विकास निर्माणको काममा प्रभाव परिरहेको उनले बताए ।

प्रकाशित मिति २०८० वैशाख १७ गते आइतबार ०८:३८
हजुरको प्रतिक्रिया