२०८३ साउन २१ गते बिहीबार

शेयर बजारमा सामान्य गिरावट

शेयर बजारमा सामान्य गिरावट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २० गते बुधबार ०५:१६

बुधवार नेप्से परिसूचक ९.१८ अंकले घटेर १ हजार ८ सय ५७.२३ बिन्दुमा झरेको हो । पछिल्लो एक साता देखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ ।

 पोखरा

शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ ।

बुधवार नेप्से परिसूचक ९.१८ अंकले घटेर १ हजार ८ सय ५७.२३ बिन्दुमा झरेको हो । पछिल्लो एक साता देखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ ।

बुधवार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजर कित्ता शेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको थियो ।

बुधवार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । तर यता जलविद्युत, होटल तथा पर्यटन लगायत अन्य उपसमूहको परिसूचक घटेको छन् ।

प्रकाशित मिति २०८० वैशाख २० गते बुधबार ०५:१६
हजुरको प्रतिक्रिया