२०८३ असोज २३ गते शुक्रबार

३ करोड रुपैयाँ लगानीमा पोखरामा ‘सरुमा चुल्हो’

३ करोड रुपैयाँ लगानीमा पोखरामा ‘सरुमा चुल्हो’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २० गते बुधबार ०७:१६

पोखरा करिब ३ करोड रुपैयाँ लगानीमा पोखराको सभागृह चोकमा वसन्ती बास्तोला र बिनु गिरीले सयुंक्त रुपमा ‘सरुमा चुल्हो’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । करिब २ महिनादेखि अनौपचारिक रुपमा सुरु भए पनि बुधबारबाट औपचारिक रुपमा सुरुआत...

पोखरा

करिब ३ करोड रुपैयाँ लगानीमा पोखराको सभागृह चोकमा वसन्ती बास्तोला र बिनु गिरीले सयुंक्त रुपमा ‘सरुमा चुल्हो’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

करिब २ महिनादेखि अनौपचारिक रुपमा सुरु भए पनि बुधबारबाट औपचारिक रुपमा सुरुआत गरिएको सञ्चालक वसन्ती बास्तोलाले जानकारी दिइन् ।

सरुमा चुल्होमा स्थानीय उत्पादनलाई नै ब्रान्डिङ गरेर परिकार पकाइने बास्तोलाको भनाइ छ ।

स्थानीय दाल, भात, तरकारी, मकै, भटमासजस्ता रैथाने बालीका खानालाई रेस्टुरेन्टको पहिचानसँग जोड्ने उनको अभियान छ ।

‘अहिलेका ग्राहक कस्मेटिकभन्दा पनि लोकल खाना नै बढी खोज्ने गरेको यसबीचमा हामीले पाएका छौं । ग्राहकको रोजाइअनुसार नै सरुमा चुल्हो बनाउने योजना छ,’ उनले भनिन् ।

सरुमा चुल्होमा माछापुच्छ«े गाउँपालिकाको चामल, तरकारी, तनहुँ ऋषिङको दाल, स्थानीय जातको खसी सरुमा चुल्होमा उपलब्ध हुने सञ्चालकद्वयको भनाइ छ ।

‘ढिलो होस् । तर, खाना हामीले तत्कालै पकाएर फ्रेस दिन्छौं । यसले ग्राहकले हाइजेनिक खाना पाउँछन् भने हामीले पनि विश्वास आर्जन गरिरहन सहयोग मिल्छ,’ सञ्चालक विनु गिरिले भनिन् ।

प्रकाशित मिति २०८० वैशाख २० गते बुधबार ०७:१६
हजुरको प्रतिक्रिया