२०८३ असोज २४ गते शनिबार

नन्दलाई कांग्रेस संसदीय दल गण्डकीको प्रमुख सचेतकको जिम्मा

नन्दलाई कांग्रेस संसदीय दल गण्डकीको प्रमुख सचेतकको जिम्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २४ गते आइतबार ११:०९

दल नेता सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई आइतबार प्रमुख सचेतक मनोनयन गरेका हुन् ।

पोखरा । सांसद नन्दप्रसाद न्यौपानेले नेपाली कांग्रेस संसदीय दल गण्डकीको प्रमुख सचेतकको जिम्मा पाएका छन् ।

दल नेता सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई आइतबार प्रमुख सचेतक मनोनयन गरेका हुन् ।

न्यौपाने गत मंसिरको निर्वाचनमा गोरखा १ (२)बाट प्रदेश सांसद निर्वाचित भएका थिए ।

कांग्रेससहित संसदका कुनै पनि दलले उपनेता, सचेतकको भने टुंगो लगाएका छैनन् ।

गण्डकीमा एमालेको प्रमुख सचेतक रोशनबहादुर गाहा थापा, माओवादी केन्द्रको सुशीला सिम्खडा र राप्रपाको विन्दु अधिकारी पहाडी छन् ।

माओवादीकी सिम्खडा बिनाविभागीय मन्त्री पनि हुन् ।

प्रकाशित मिति २०८० वैशाख २४ गते आइतबार ११:०९
हजुरको प्रतिक्रिया