२०८३ असोज २४ गते शनिबार

पोखरामा विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन हुँदै

पोखरामा विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २४ गते आइतबार ०६:४४

प्रतियोगितामा ९ विधामा प्रतिस्पर्धा हुने मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसनका महासचिव वरदान लामाले जानकारी दिए ।

पोखरा
पोखरामा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

बैशाख २७ देखि ३० गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिता मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसन र पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेका हुन् ।

प्रतियोगितामा ९ विधामा प्रतिस्पर्धा हुने मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसनका महासचिव वरदान लामाले जानकारी दिए ।

उनका अनुसार निम्न माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स, माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स विधामा राष्ट्रियस्तरको प्रतिस्पर्धा हुनेछ ।

कास्की जिल्ला वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्ससँगै ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्समा खुला प्रतिस्पर्धा हुने लामाले बताए ।

निम्न माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स प्रतिस्पर्धाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स, कास्की जिल्लाको वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्सका उपाधि विजेताले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

दोस्रो र तस्रो हुनेले क्रमशः २० हजार र १० हजार रुपैयाँको साथमा मेडल प्राप्त गर्नेछन् । माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्समा उत्कृष्ट एक जना खेलाडीले माउन्टेन बाइक पाउने आयोजकले जानकारी दिएको छ ।

३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्स खुलामा विजेता, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँको साथमा मेडल हात पार्नेछन् ।

देशभर फैलिएका उदीयमान प्रतिभालाई एकीकृत गर्दै राष्ट्रका लागि अनुशासित खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने भुगोल ब्याडमिन्टन फाउण्डेसनका महासचिव लामाले बताए ।

उदयमान १२ वर्षमुनिदेखि ५५ वर्षमाथिसम्मका खेलाडी प्रतियोगितामा सहभागी हुने उनको भनाइ छ । उनका अनुसार ३ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रकाशित मिति २०८० वैशाख २४ गते आइतबार ०६:४४
हजुरको प्रतिक्रिया