२०८३ असोज २३ गते शुक्रबार

पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार

पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २४ गते आइतबार ०६:५६

पोखरा नेपाल नाट्य प्रतिष्ठान पोखराले नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेको छ । बैशाख २८ देखि चल्ने सेमिनारको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलले बताए । ३ दिनसम्म...

पोखरा

नेपाल नाट्य प्रतिष्ठान पोखराले नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेको छ ।

बैशाख २८ देखि चल्ने सेमिनारको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलले बताए ।

३ दिनसम्म पोखरामा चल्ने सेमिनारमा नेपालसँगै भारतबाट विषयविज्ञ सहभागी हुने उनको भनाइ छ ।

प्रतिष्ठानका अध्यक्ष प्रा.डा पोखरेलसँगै प्रा.डा सावित्री मल्ल कक्षपती, डा. अशोक थापा, डा. कान्छी महर्जन, डा. नारायणदत्त पन्थ, पुरु लम्साल, तारा पोखरेल र गीता सापकोटाले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

भारतबाट आउने डा. सुकराज दियाली (सिलगुडी), डा.वीरबहादुर विश्वकर्मा (सिलगुडी), पूर्णकुमार शर्मा (आसाम), तेजमान बराइली (सिक्किम), नवीन पौड्याल (कालेबुङ, दार्जिलिङ), योगेश खाँती (दार्जिलिङ), युवराज काफ्ले (सिलगुडी), सरदकुमार क्षेत्री (कालेबुङ), धर्मराज थापा (दिल्ली) र सञ्जिव गुरुङ (कलकत्ता) ले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सेमिनारमा नेपाली नाटक तथा भारतीय नेपाली नाटक र रंगमञ्चको खोज अनुसन्धान, बहसमार्फत तय निष्कर्षलाई एकीकृत रुपमा प्रकाशन अध्यक्ष पोखरेलले बताए ।

सम्भव भएसम्म नेपाली नाटकलाई अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

नेपाली कला, कौशल, संगीत, नाटक, रंगमञ्च तथा समग्र संस्कृति एवं नेपाली साहित्यको श्रीवृद्धिका लागि सेमिनार आयोजना गरेको पोखरेलले बताए ।

प्रकाशित मिति २०८० वैशाख २४ गते आइतबार ०६:५६
हजुरको प्रतिक्रिया