पोखरा
आज कानुन दिवस । विविध कार्यक्रम गरी यो दिवस आज मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गते देखि भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।
सर्वोच्च अदालतले यो दिवस हरेक वर्ष मनाउने गरेको छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि यो ऐनले खडा गरेको जगलाई थप बलियो भन्दै दिवस मनाउने गरिन्छ ।
प्रकाशित मिति २०८० वैशाख २६ गते मंगलबार ०७:५४