२०८३ साउन २१ गते बिहीबार

टोपबहादुरलाई पक्राउ गर्न परिपत्र

टोपबहादुरलाई पक्राउ गर्न परिपत्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २६ गते मंगलबार ०८:०४

रायमाझीलाई पक्राउ गर्न बुधबार पक्राउ पुर्जी जारी भएको थियो । सो दिन उनी रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी थिए ।

काठमाडौं

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्ने प्रकरणमा मुछिएका नेकपा एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्रन गर्न प्रहरीले देशभर परिपत्र गरेको छ ।

आफ्नो संलग्नता नरहेको र प्रहरीलाई अनुसन्धानमा सघाउने बताएका उनी ५ दिनदेखि सम्पर्कमा नआएर फरार भएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले परिपत्र गरेको हो । पक्राउका लागि केन्द्रीय अनुसन्धान ब्युरो लगायत विभिन्न प्रहरी युनिटलाई परिचालन गरिएको छ ।

रायमाझीलाई पक्राउ गर्न बुधबार पक्राउ पुर्जी जारी भएको थियो । सो दिन उनी रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी थिए । बुधबारदेखि रायमाझी फरार छन् भने उनका छाेरा सन्दीपलाई बुटवलबाट प्रहरीले साेही दिन पक्राउ गरी बिहीबार काठमाडाैं लगेकाे थियाे ।

सोही मुद्दाका कारण नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेका छन् । अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’सम्बन्धी कार्यक्रमको निमन्त्रणमा उनी सोमबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो ।

भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आइजिपी कुँवरले भ्रमण रद्द गरेको स्रोत बताउँछ ।

 

प्रकाशित मिति २०८० वैशाख २६ गते मंगलबार ०८:०४
हजुरको प्रतिक्रिया