कास्की जिल्लास्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ ।
बिहीबार भएको खेलमा आइएनएफ हरियोखर्क दोस्रो र महिला मिथ एफसिआई तेस्रो भए ।
हरियो खर्क अस्पतालको बास्केटबल मैदानमा खेला भएको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर १५ ले आयोजना गरेको प्रतियोगितामा विजेता, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा ९०६ जना खेलाडीले सहभागिता जनाएका थिए ।
पोखरा महानगपालिकाका प्रमुख धनराज आचार्य, वडाध्यक्ष तोरणबहादुर बानियाँले पुरस्कार वितरण गरे । मेयर आचार्यले महानगर सधैं अपाङ्गमैत्री कार्यक्रम र नीति निर्माणमा अग्रसर हुने बताए ।
प्रकाशित मिति २०८० वैशाख २८ गते बिहीबार ०८:०९