पोखरा
नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोकाको नेतृत्वमा नेपाल बैंकर्स एसोसिएसन गण्डकी प्रदेश कमिटी नयाँ कार्यसमिति पुनर्गठन भएको छ ।
यसअघि संस्थाको उपाध्यक्ष भएर काम गरेका रोकाको नेतृत्वमा मंगलबार बसेको भेलाले कार्यसमितिको पुनर्गठन गरेको हो ।

यसअघि सिभिल बैंक गण्डकी प्रदेश प्रमुख समीर केसी अध्यक्ष थिए । हिमालयन र सिभिल बैंक लिमिटेड मर्जर भएपछि केसीले प्रदेश प्रमुखबाट छोडेर खाली भएपछि उपाध्यक्ष रोकालाई अध्यक्ष चयन गरिएको हो ।
संस्थाको उपाध्यक्षमा प्राइम बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यप्रसाद तिवारी चयन भएका छन् । संस्थाको सचिवमा सिटिजन बैंकका गण्डकी प्रदेश प्रमुख विनोद भण्डारी चयन भए ।
संस्थाको सदस्यमा प्रभू बैंक गण्डकी प्रदेश प्रमुख शान्ति शेरचन, हिमालयन बैंक गण्डकी प्रदेश प्रमुख दिव्या थापा, कृषि विकास बैंक गण्डकी प्रदेश प्रमुख प्रकाश कँडेल र लक्ष्मी बैंक गण्डकी प्रदेश प्रमुख उज्वल बैद्य चयन भएका हुन् ।
प्रकाशित मिति २०८० जेठ २ गते मंगलबार ०८:५८