२०८३ साउन २१ गते बिहीबार

साहित्यकार त्रिपाठीको निधन

साहित्यकार त्रिपाठीको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ५ गते शुक्रबार १०:३२

त्रिपाठीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले घरमा पुगेर सम्मान गरेको थियो ।

पोखरा

हेमजा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष साहित्यकार जर्नादनशरण त्रिपाठीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको आज बिहान ४ बजे निधन भएको परिवारका सदस्यले बताएका छन् ।

महाकाव्यकार समेत रहेका उनको ८० वर्षको उमेरमा निधन भएको हो । त्रिपाठीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले घरमा पुगेर सम्मान गरेको थियो ।

उनको आज नै सेती नदी किनार वडा नम्बर २५ दोबिल्ला घाटमा अन्त्येष्टि गरिएको छ । त्रिपाठीका श्रीमती, ५ छोरी र १ छोरा छन् ।

प्रकाशित मिति २०८० जेठ ५ गते शुक्रबार १०:३२
हजुरको प्रतिक्रिया