पोखरा
पोखरामा गण्डकी प्रदेशस्तरीय एसइई फुटसल प्रतियोगिता सुरु भएको छ । स्टेप वाइ स्टेप माध्यमिक विद्यालयले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुशिला सिम्खडाले शिक्षासँगै खेलकुदमा युवाहरुको भुमिका महत्वपूर्ण रहने बताइन् । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यमा मद्दत पु¥याउने उनको भनाइ छ ।
प्रतियोगितामा कास्की, तनहुँ, बाग्लुङ लगायत जिल्लाका २६ समूह सहभागि छन् । १ महिनासम्म प्रतियोगिता चल्नेछ । प्रत्येक शनिबार प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
साथै कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रावृत्ति समेत पाउनेछन् ।
उपविजेताले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्रसँगै कक्षा १२ सम्म ५० प्रतिशत छात्रावृत्तिमा अध्ययनको अवसर प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले पनि अध्ययनमा पूर्ण छात्रावृत्ति पाउने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८० जेठ ६ गते शनिबार ११:५१




