२०८३ साउन २१ गते बिहीबार

प्रदेशस्तरीय एसइई फुटसलमा पहिलाे दिन ४ खेल

प्रदेशस्तरीय एसइई फुटसलमा पहिलाे दिन ४ खेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ६ गते शनिबार ०६:३४

पोखरा

पोखरामा गण्डकी प्रदेशस्तरीय एसइई फुटसल प्रतियोगिता सुरु भएको छ । स्टेपबाई स्टेप माध्यमिक विद्यालयले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन ४ खेल भएका थिए । पहिलो दिनको उद्घाटन खेलमा आयोजक स्टेपबाई स्टेप स्कुलले टिम प्रगतिलाई ०–१३ गोलान्तरले पराजित ग¥यो ।

दोस्रो खेलमा मदरल्यान्ड ड्रिम सिटीलाई टिम गैह्रापाटनले १–१० गोलअन्तरले पराजित ग¥यो ।

प्रतियोगिताको तेस्रो खेलमा एलसी ब्रदरहुड र टिम जुम्पाकबीच भएको खेलमा निर्धारित खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा टिम जुम्पाकले बाजी मा¥यो ।

पहिलो दिनको अन्तिम खेलमा टिम बेस्ट सैनिक र ब्रदर युनिटीबीच भएको खेलमा ब्रदर युनिटीले ६–३ गोलअन्तरले जित दर्ता गरेको छ ।

प्रतियोगितामा कास्की, तनहुँ, बाग्लुङ लगायत जिल्लाका २६ समूह सहभागि छन् । १ महिनासम्म प्रत्येक शनिबार प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् । साथै कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रावृत्ति समेत पाउनेछन् ।

उपविजेताले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्रसँगै कक्षा १२ सम्म ५० प्रतिशत छात्रावृत्तिमा अध्ययनको अवसर प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले पनि अध्ययनमा पूर्ण छात्रावृत्ति पाउने आयोजकले जानकारी दिएको छ ।

 

प्रकाशित मिति २०८० जेठ ६ गते शनिबार ०६:३४
हजुरको प्रतिक्रिया