२०८३ साउन २१ गते बिहीबार

भाषिक फिल्मलाई साँघुरो बजार

भाषिक फिल्मलाई साँघुरो बजार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ६ गते शनिबार ०९:२३

४ दशक बित्दा पनि मातृभाषाका फिल्मले ठूलो पर्दामा प्रदर्शन गर्न निकै पापड बेल्नुपर्छ ।

पोखरा

४० को दशकमा बन्न थालेका मातृभाषाका फिल्मलाई साँघुरो बजारको चुनौति अझै हटेको छैन । ४ दशक बित्दा पनि मातृभाषाका फिल्मले ठूलो पर्दामा प्रदर्शन गर्न निकै पापड बेल्नुपर्छ ।

पोखरामा शनिबार भएको मातृभाषी चलचित्रको महत्व, चुनौति र सम्भावनाबारेको बहसमा पनि मातृभाषाको फिल्मले पार्टी प्यालेस र च्यारिटि सोको भर पर्नुपर्ने समस्या हट्न नसकेको बताइयो ।

गुरुङ फिल्मका निर्देशक कृष्णकुमार गुरुङले सुमदाय भन्दा फराकिलो दायरामा मातृभाषाको फिल्म नउठ्नुमा राज्यको नीति तगारो भएको बताए । राज्य उदार नभएसम्म मातृभाषाका फिल्मले च्यारिटीकै भर गर्नुपर्ने उनको भनाई छ ।

मगर फिल्मका निर्देशक एवम् लेखक मेजन पुन मगरले मातृभाषाका फिल्मलाई संरक्षण गर्न राज्य नै लाग्नुपर्ने बताए ।

गुरुङ फिल्मका निर्देशक जसमाया गुरुङ (जशु) ले मातृभाषाका फिल्ममा महिलाको सहभागिता पहिले भन्दा बढेको बताइन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले मातृभाषाका फिल्मलाई राज्यले लगानी गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति २०८० जेठ ६ गते शनिबार ०९:२३
हजुरको प्रतिक्रिया