२०८३ असोज २४ गते शनिबार

फिर्के खोला मिचेर बनेका संरचना हटाउला पोखरा महानगरले ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ९ गते मंगलबार ११:५२

करिब २ सय अवैध संरचना बनेको महानगरको भनाइ छ । पोखरा महानगरले यसअघि फिर्केको रेखांकन गरेपनि बनेका संरचना हटाउन सकेको छैन ।

रेखांकन भएको खोलाको वास्तविक आकार पहिल्याउन सरसफाइ

पोखरा

पोखराको मध्य भाग भएर बग्ने फिर्केखोलाको दायाँबायाँ १० मिटरसम्म कुनै पनि संरचना बनाउन पाइँदैन । तर, मापदण्ड मिचेर फिर्केेको दायाँबायाँको किनार मात्रै नभई कतिपय संरचना खोलैमाथि बनेका छन् अतिक्रमणको चपेटामा परेको फिर्केको संरक्षणको पहल थाल्नुपर्ने आवाज जनस्तरबाट उठिरहेपनि खोलाको मापदण्ड भित्र संरचना बन्नेक्रम रोकिएको छैन ।

करिब २ सय अवैध संरचना बनेको महानगरको भनाइ छ । पोखरा महानगरले यसअघि फिर्केको रंखांकन गरेपनि बनेका संरचना हटाउन सकेको छैन । अतिक्रमणको चपेटामा परेको फिर्केको संरक्षण र व्यवस्थापन गर्ने भन्दै पोखरा महानगरपालिकाले फेवा किनारबाट सरसफाइ थालेको छ । २४ मिटरसम्म फराकिलो खोला साँघुरिँदै गएको छ ।

झाडीले छोपिदा अहिलेसम्म फिर्केको वास्तविकता पत्ता लगाउन नसकेको पोखरा महानगरपालिकाले फिर्केको वास्तविक साइज पहिचान गर्न सफाइ सुरु गरेको बताएको छ । एक हप्ता लगाएर फिर्केको दायाँबायाँ रहेको सबै झाडी फडानी गरेपछि फिर्केको संरक्षण र व्यवस्थापनमा थप काम अगाडि बढाउने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए । आचार्यका अनुसार फेवा किनादेखि अधेरीकुनासम्म सरसफाइ गर्न प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट १ सय युवालाई परिचालन गरिएको छ । काममा खटिएकाहरुको १० दिनको बिमा गरिएको आचार्यको भनाइ छ ।

२०३२ सालको नक्साअनुसार फिर्के खोलाले चर्चेको जग्गालाई अहिले व्यक्ति र विभिन्न संघ संस्थाले भोगचलन गर्दै आएका छन् । सरसफाइपछि फिर्केको वास्तविक स्वरुप पत्ता लाग्ने र खोलाको मापदण्डको बारेमा पनि अध्ययन भइरहेकाले आगामी महानगरको कार्यपालिका बैठकले फिर्केको संरक्षणको बारेमा ठोस निर्णय लिने मयेर आचार्यले बताए ।

पोखरा १८ अँधेरीकुनाबाट सुरु भएको फिर्के खोला ८ किलोमिटर लामो छ भने खोलाको चौडाइ निरन्तर घट्दै गएको छ । विगतमा पनि पिर्केको संरक्षणका लागि पहल थालिएपनि त्यसले सार्थकता पाएन भने बेला बेलामा सरसफाइ गरिएपनि अवैध रुपमा बनेका संरचना हटाउन ठोस कदम नचाल्दा अतिक्रमण हुने क्रम रोकिएको छैन ।

फिर्केको संरक्षणका लागि थालिएको सरसफाइ स्वागत योग्य भएपनि खोला अतिक्रमण गरेर बनाइएका संरचना हटाएर सौन्र्दयकरण गर्नुपर्ने अभियन्ता रामबहादुर पौडेलले बताए । सरकारी निकायले समेत फिर्के अतिक्रमण गरेका छन् ।

प्रकाशित मिति २०८० जेठ ९ गते मंगलबार ११:५२
हजुरको प्रतिक्रिया