२०८३ असोज २३ गते शुक्रबार

सन्दिपले आज मुम्बईबिरूद्द खेल्ने सम्भावना बलियाे

सन्दिपले आज मुम्बईबिरूद्द खेल्ने सम्भावना बलियाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २० गते बिहीबार ०४:५६

पाेखरा । युएइमा जारी इन्डियन प्रिमियर लीग आइपीएलकाे जारी सिजनमा नेपाली राष्टिय टाेलीका भरपर्दा बलर सन्दिप लामिछानेले एउटै खेलमा माैका पाएनन् । जारी सिजनकाे आइपीएलमा सन्दिप आवद्द दिल्ली क्यापिटल सन्दिपबिना नै शिर्ष दुइमा रहँदै...

यसकारण खेल्दैछन सन्दिप आज

पाेखरा । युएइमा जारी इन्डियन प्रिमियर लीग आइपीएलकाे जारी सिजनमा नेपाली राष्टिय टाेलीका भरपर्दा बलर सन्दिप लामिछानेले एउटै खेलमा माैका पाएनन् । जारी सिजनकाे आइपीएलमा सन्दिप आवद्द दिल्ली क्यापिटल सन्दिपबिना नै शिर्ष दुइमा रहँदै प्लेअफमा आफूलाइ सुरक्षित गर्न सफल रहेकाे छ । दिल्लीले आज मुम्बई इन्डियन्स बिरूद्द पहिलाे इलिमेनेटर खेल्दैछ । आज जीत हात पार्ने टाेली सिधै फाइनलमा पुग्नेछ ।

आज बेलुकी साढे सात बजेदेखि सुरु हुने खेलमा सन्दिपले माैका पाउने चर्चा फेरि एकपटक चल्न थालेकाे छ। सन्दिप प्लेइङ ११ मा पहिलाे राेजाइबाट नभइ दिल्लीका अनुभवी र भरपर्दा दुइ भारतीय स्पिनर अमित मिश्रा र रविचन्द्रन अश्विन घाइते हुनुका कारण प्लेइङ ११ मा पर्नसक्ने भएकाले चर्चा शुरू भएकाे हाे । मिश्रा यसअघि नै चाेटिल छन भने अश्विन आरसिबीविरुद्धको म्याचमा घाइते भएका थिए ।

दिल्ली क्यापिटलका फिजियाेका अनुसार अश्विन  अनफिट भएकाले दिल्लीले आजको प्लेइङ ११ मा अश्विनकाे सट्टा सन्दिपलाइ खेलाउन सक्छ ।

नियमित २ स्पिनर खेलाउँदै आएकाे दिल्लीका लागि बलिङ अलराउण्डर अक्षर पटेल पहिलाे अप्सन हुन भने अर्काे अप्सन सन्दिप हुनसक्ने भएकाले सन्दिपले मुम्बई बिरूद्दकाे पहिलाे इलिमेनेटरमा माैका पाउने अनुमान गर्न सकिन्छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेलमा स्पिन बलरलाई महत्व दिइन्छ र याे पिच सन्दिपका लागि अनुभवी पिच पनि हाे । यस स्टेडियममा सन्दीपले अन्य लीग र म्याच पनि खेलिसकेका छन् । उनको यो अनुभवले पनि आज सन्दीपलाई साथ दिन सक्छ ।

सन्दिपलाइ यदि टाेलीमा माैका दिइयाे भने दिल्लीले कुनै एक अर्काे विदेशी खेलाडीलाइ बेन्चमा राख्नुपर्ने हुन्छ । त्याे खेलाडी हिटमायर हुनसक्छन वा स्टाेइनिस ! यस्तै, सन्दिपले माैका पाउँदा दिल्लीले कुनै एक भारतीय फास्ट बलरलाइ समेत मैदानमा उतार्नुपर्ने हुन्छ ।

यसर्थ याे खेलमा दिल्लीसंग २ वटा मात्र अप्सन छन ।

पहिलाे, एकजना स्पिनरकाे भरमा खेल्ने । दाेस्राे, सन्दिप सहित कुनै एक भारतीय फास्टबलरलाइ खेलाउने । दिल्लीले के गर्छ त्याे अबकाे केही बेरमा थाहा हुनेछ ।

प्रकाशित मिति २०७७ कात्तिक २० गते बिहीबार ०४:५६
हजुरको प्रतिक्रिया