२०८३ असोज २४ गते शनिबार

नेपाल आज समूह विजेता बन्ने दाउमा

नेपाल आज समूह विजेता बन्ने दाउमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १० गते बुधबार ०८:०६

नेपालले तेस्रो खेलमा आज भारतसँग प्रतिष्पर्धा गर्दैछ ।

पोखरा

एक खेल अघि नै सेमिफाइनलमा पुगेको नेपाल काभा अन्तर्राष्ट्रिय महिला भलिबलमा आज समूह बिजेता बन्ने दाउमा छ । नेपालले तेस्रो खेलमा आज भारतसँग प्रतिष्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

हिजो बंगालादेशलाई साेझो सेटमा पराजित गरेर नेपाल सेमिफाइनलमा पुगेको हो । यसअघि किर्गिस्तानलाई पनि सोझो सेटमा पराजित गरेको थियो । भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको छ । यो समूहबाट बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेका छन्। समूह बिबाट कजाकस्तान र उज्वेकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन् । नेपाल भलिबल संघको आयोजना भएको भलिबलमा आठ टोलीको सहभागिता छ ।

 

प्रकाशित मिति २०८० जेठ १० गते बुधबार ०८:०६
हजुरको प्रतिक्रिया