२०८३ कात्तिक ११ गते मंगलबार

सवारी दुर्घटनामा युवाको मृत्यु

सवारी दुर्घटनामा युवाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १० गते बुधबार ०८:३७

ग२४प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको बिजुलीमा ठक्कर खाएको थियो ।

पोखरा

पोखरामा भएको सवारी दुर्घटनामा एक युवाको ज्यान गएको छ । पोखरा ६ खहरेचोकमा मोटरसाइकल दुर्घटना हुँदा काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

मंगलबार दिउँसो भएको घटनामा घाइते भएका खतिवडाको उपचारका क्रममा मृत्यु भएको हो । ग२४प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको बिजुलीमा ठक्कर खाएको थियो ।
घटनामा घाइते भएका तनहुँ म्याग्दे गाउँपालिकाका १७ वर्षीय बानियाको मेट्रोसिटीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति २०८० जेठ १० गते बुधबार ०८:३७
हजुरको प्रतिक्रिया