पोखरा
संघीय सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको आर्थिक वर्ष २०८/०८१ को बजेट ल्याउँदैछ । आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्बको बजेट सिलिङ तोकेको छ । योजना आयोगले तोकेको सिलिङ आसपासमा बजेट आउने अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् ।
जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुरूप यतिबेला धमाधम बजेट बनाउने काम भइरहेको छ । यसपटक विगतमा जस्तो बजेटको अंक बढाउन सक्ने अवस्था छैन । सरकारले चालू आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखको बजेट प्रस्तुत गरेको थियो ।
तर, चालू आर्थिक वर्षको न्यून पुँजीगत खर्च र राजस्व संकलनमा भएको संकुचनका कारण साढे १५ खर्ब रुपैंयाँ मात्रै बजेट खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ । चालु आवको भन्दा आगामी बर्षको बजेट घट्ने अनुमान छ ।साढे १० महिनामा सरकारलाई २ खर्ब ७० अर्ब बजेट अपुग भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।
प्रकाशित मिति २०८० जेठ १२ गते शुक्रबार ०७:५४