२०८३ साउन २१ गते बिहीबार

भौतिक पूर्वाधारमा १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ

भौतिक पूर्वाधारमा १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १५ गते सोमबार ०६:५७

सरकारले नारयणगढ बुटबल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पोखरा

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

उनले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेको बताए ।

सरकारले भौतिक पूर्वाधार मन्त्रालयको चालु आर्थिक वर्षको भन्दा आगामी वर्षको ३० अर्बले बजेट घटेकाको छ ।

सरकारले नारयणगढ बुटबल खण्ड सडक विस्तारलाई ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उनले पूर्वपश्चिम राजमार्गलाई चार लेनमा विबस्तार गर्ने कार्यलाई तिब्रता दिने बताए ।

नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको बिस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए ।
अर्थमन्त्री महतले कमला –ढल्केवर,पथलैया वुटवल,गोरूसिङ्गे, काकडभिट्टा,लौकही, पथलैया,नारायणगढ र लमही–भालुवाङ्ग सडक खण्डको स्तरोन्नति सुरु गरिने बताए ।

नारायणी नदी र तिनाउ नदीमा पुल निर्माण हुने भएको छ । पूर्व–पश्चिम राजमार्गको बिस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन भएकोे छ ।

नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने अर्थमन्त्री महतले बताए ।

सरकारले राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्लाको सिमीकोटलाई आगामी आर्थिक वर्षमा पूरा गर्नेछ । जसका लागि ९७ करोड विनियोजन गरिएको छ ।

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने बताए । सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने बताए ।

अर्थमन्त्री महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको जानकारी गराए । काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाईट जडान गरिनेछ ।

प्रकाशित मिति २०८० जेठ १५ गते सोमबार ०६:५७

हजुरको प्रतिक्रिया