२०८३ साउन २१ गते बिहीबार

अन्नपूर्ण म्याराथनको उपाधि धिरबहादुर र गणनालाई

अन्नपूर्ण म्याराथनको उपाधि धिरबहादुर र गणनालाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २० गते शनिबार ०५:०३

धिरबहादुरले निर्धारित दुुरी ४ घण्टा १० मिनेट ५१ सेकेन्डमा पूरा गरे । उनले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ हात पारेका छन् ।

पोखरा
तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि धिरबहादुर बुढा र गणना भण्डारीले जितेका छन् । उपाधि विजेता दुवै जुम्लाका हुन् ।

अन्नपूर्ण आरोहण दिवसको छेकोमा अन्नपूर्ण हिमालको आधार शिविरबाट सुरु भएर माछापुच्छ«े आधार शिविर, बगर, देउराली, किम्रोङखोला, उरी हुँदै घान्द्रुकमा टुंगिएको थियो ।

धिरबहादुरले निर्धारित दुुरी ४ घण्टा १० मिनेट ५१ सेकेन्डमा पूरा गरे । उनले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ हात पारेका छन् ।

नेपाल आर्मीका होमलाल श्रेष्ठ ४ घण्टा १२ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए । आर्मीकै वेदबहादुर सुनवार तेस्रो भए । उनले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा दुरी पूरा गरे । दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । पुरुषतर्फ ४५ धावकले दौडिए ।

महिलातर्फको उपाधि विजेता गणना भण्डारीले गणनाले ५ घण्टा ४३ मिनेट २ सेकेण्डमा दुरी पार गरिन् । धादिङकि रशिला तामाङले ६ घण्टा ५ मिनेट २ सेकेण्ड र ओखलढुंगाकि चोकी शेर्पाले ६ घन्टा ११ मिनेट १६ सेकेण्डमा दौड पुरा गरी तेस्रो स्थान हासिल गरे ।

महिलातर्फको उपाधि विजेतासँगै दोस्रो र तेस्रो हुनेले क्रमशः ७५, ५० र २५ हजार रुपैयाँ हात पारे । महिलातर्फ ११ धावक प्रतिस्पर्धामा थिए ।

सन् १९५० जुन ३ मा प्रान्सेलि आरोही मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेको स्मरणमा अन्नपूर्ण दिवस मनाइन्छ । दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव र म्याराथन आयोजना गरिएको हो ।

तस्वीर सौजन्यः प्रेम थापा

प्रकाशित मिति २०८० जेठ २० गते शनिबार ०५:०३
हजुरको प्रतिक्रिया