२०८३ असोज २४ गते शनिबार

घान्द्रुकमा भलिबलको उपाधि तनहुँलाई

घान्द्रुकमा भलिबलको उपाधि तनहुँलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २० गते शनिबार ०५:१०

उपाधिसँगै ठकुरी समाजले नगद ८० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता घान्द्रुक क्ल्यूले ५० हजार रुपैयाँमा चित्त बुझायो ।

पोखरा

अन्नपूर्ण आरोहण दिवसको अवसरमा कास्कीको घान्द्रुकमा भएको गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तनहुँको ठकुरी समाज बाबियोडाँडाले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा घान्द्रुक क्ल्यूलाई ३–२ को सेटमा पराजित गर्दै ठकुरी समाजले उपाधि चुमेको हो ।

उपाधिसँगै ठकुरी समाजले नगद ८० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता घान्द्रुक क्ल्यूले ५० हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा १३ समूहको सहभागी थिए । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनसँगै महोत्सव सञ्चालन गरेको थियो ।

प्रकाशित मिति २०८० जेठ २० गते शनिबार ०५:१०
हजुरको प्रतिक्रिया