पाेखरा । सनिबार गण्डकी प्रदेशमा २ सय ७८ जना काेराेना भाइरसका नयाँ संक्रमित फेला परेका छन । कुल ९ सय ३८ जनाकाे स्वाब परिक्षण भएकाे दिनमा साे संख्यामा संक्रमित भेटिएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।
सनिबार १७ जना निकाे भएर घर फर्केका छन भने ३ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेहरूमा स्याङजा पुतली बजार नगरपालिका- ८ का ७३ बर्षीय महिलाकाे सनिबार फेवासिटी हस्पिटल पाेखरामा, पाेखरा महानगरपालिका- १७ का २९ बर्षीय महिलाकाे शुक्रबार दिउँसाे पाेखराकै चरक मेमाेरियल हस्पिटलमा र गैंडाकाेट नगरपालिका-१२ का ८२ बर्षीय पुरूषकाे शुक्रबार दिउँसाे चितवन मेडिकल कलेजमा ज्यान गएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।
सनिबार प्रदेशभर कास्कीका १८६ जना, गाेरखाका ३१ जना, तनहुँका २८ जना, बाग्लुङ र लमजुङका समान १०/ १० जना, नवलपरासीका ६ जना, स्याङजाका ५ जना र पर्वतका २ जना रहेका छन् ।
यस्तै, प्रदेशभर हालसम्म कुल ९४ हजार ८८६ जनाकाे स्वाब परिक्षण गरिएकाेमा ९ हजार १७ जना संक्रमित भेटिएका छन् । याे अवधिमा ४ हजार ८५२ जना निकाे भएर घर फर्किँदा प्रदेशभर सक्रिय संक्रमितकाे संख्या ४ हजार भन्दा धेरै पुगेकाे छ । हाल प्रदेशमा सक्रिय संक्रमितकाे संख्या ४ हजार ६२ रहेकाे छ । यस्तै, हालसम्म काेराेना संक्रमणका कारण प्रदेशभर १०३ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै, कास्कीमा हालसम्म ३३ सय ९९ जनामा काेराेना पुष्टि भएकाे छ । ८०५ जना निकाे भएर घर फर्किँदा काेराेनाकै कारण हालसम्म ४२ जनाले ज्यान गुमाएका छन । कास्कीमा हाल २५ सय ५२ जना सक्रिय संक्रमित रहेका छन ।

प्रकाशित मिति २०७७ कात्तिक २२ गते शनिबार ०७:४३




