पोखरा
विश्वभर नै अंग्रेजी पात्रो अनुसार ‘जुन’ महिनालाई ‘प्राइड मन्थ’ अर्थात् गौरवको महिनाका रुपमा पारलैंगिक समुदायले मनाउने गर्छन् ।
जुन महिनालाई गौरवको महिना नाम दिएर पारलैंगिक समुदायले आफ्नो पहिचानलाई उत्सवको रुपमा मनाउने गरेका छन् । समुदायले आफ्नो अधिकार प्राप्तीको वकालतका लागि पनि विश्वभर नै यस महिनालाई विशेष तरिकाले मनाउँछन् ।
पछिल्लो समय नेपालमा पनि पारलैंगिक समुदायले गौरवको महिनालाई विविध कार्यक्रम गरी उल्लासपूर्वक मनाउन थालेका छन् । सोही अन्तर्गत पारलैंगिक समुदायले नेपालमा यस वर्षको पहिलो प्राइड परेड अर्थात् गौरवको र्याली पोखरामा आईतबार निकालेका छन् ।
गौरवको र्यालीमा सहभागी हुन पोखराको हल्लनचोकमा पारलैंगिक समुदायका साथै समुदायलाई सहयोग गर्ने नागरिकको उपस्थिति थियो । इन्द्रेणी रंगको झन्डा, कपडाले पारलैंगिक समुदायलाई इंगित गर्ने गर्छ ।
सोही झन्डा बोकेर, ब्यानर लगाएर, गीत बजाउँदै बाराहीचोकसम्म उनीहरुले र्याली निकालेका थिए ।
निलहिरा समाजको अगुवाई तथा नौलो विहानी पोखराको संयोजनमा निस्किएको र्यालीमा पारलैंगिक समुदाय खुसी देखिन्थे ।
निलहिरा समाजकी वकालत अधिकृत एन्जल लामाले गौरवको महिना र र्याली पारलैंगिक समुदायले आफ्नो पहिचान देखाउने तथा प्राप्त गरेको उपलब्धीप्रति गर्वका गर्नका निमित्त गर्ने मनाइने बताइन् ।
यस्तो थियो प्राइड परेड












