२०८३ साउन २१ गते बिहीबार

एएफसीमा नेपाल चीनसँग आज प्रतिष्पर्धा गर्दै

एएफसीमा नेपाल चीनसँग आज प्रतिष्पर्धा गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २५ गते बिहीबार ०८:२३

नेपाल चीनलाई पराजित गरी पहिलो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा म्यानमारसँग ५—० शुन्यले नेपाल पराजित भएको थियो ।

पोखरा

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज बलियो टोली चीनसँग प्रतिष्पर्धा गर्दैछ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले आज दिउँसो २ः४५ बजे चीनसँग खेल्नेछ ।

दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेर चीन, म्यानमार र चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल समूह बिजेताको रुपमा दोस्रो चरणमा पुगेको हो । नेपालले दोस्रो चरणको दोस्रो खेल आज खेल्न लागेको हो । नेपाल चीनलाई पराजित गरी पहिलो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा म्यानमारसँग ५—० शुन्यले नेपाल पराजित भएको थियो ।

चीन भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा चीनले चाइनिज ताइपेलाई १–० ले हराएको थियो । छनोटको समूह ’बी’ को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । चीन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।

प्रकाशित मिति २०८० जेठ २५ गते बिहीबार ०८:२३
हजुरको प्रतिक्रिया