२०८३ असोज २३ गते शुक्रबार

सन्दिप लामिछाने कि शिमरन हेटमायर ?

सन्दिप लामिछाने कि शिमरन हेटमायर ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २३ गते आइतबार ०३:०९

दिल्ली हेटमायरमा गयाे भने आज पनि सन्दिपका लागि माैका नहुन सक्छ । किनकि दिल्लीले रबाडा, नोर्खिया र स्टोइनिसलाई अनिबार्य खेलाउनुपर्ने अवस्था छ यस्तोमा बाँकी मात्र एक विदेशी खेलाडीको कोटा कि सन्दिपका लागि खाली छ कि हेटमायरका लागि । यसाे त दिल्लीसंग किमाे पउलकाे अप्सनपनि छ तर हेटमायर र सन्दिप नै उसका लागि उत्तम विकल्प हुनसक्छन ।

यस्ताे छ आज सन्दिपकाे सम्भावना

पाेखरा । आईपीएलको जारी सिजन अन्तर्गतको दोश्रो क्वालीफायरमा आज आइतबार दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । खेल, शेख जायद स्टेडियम, अबुधाबीमा साँझ ७:४५ बजे सुरु हुनेछ ।

दिल्ली हालसम्म आईपीएलको फाइनल प्रवेश गर्न सकेको छैन भने हैदरावादले यस अघि २ पटक फाइनल खेलीसकेको छ । आज हैदरावादलाई पराजित गर्न सके दिल्लीले पहिलो पटक फाइनल यात्रा गर्नेछ ।

हैदरावादलाई दिल्लीले यो सिजन एकपटक पनि पराजित गर्न सकेको छैन । लिगको सुरुवाती ९ खेल मध्ये ७ खेलमा जित दर्ता गरेको दिल्लीले त्यसपछि लगातार ४ खेलमा हार बेहोरेको थियो। बैंगलोरलाई अन्तिम लिग म्याचमा पराजित गर्दै प्लेअफ छनौट भएको दिल्लीले क्वालीफायरमा मुम्बईसंग पुनः कमजोर प्रदर्शन गर्यो ।

सुरुवातमा सन्तुलित र बलियो देखिएको दिल्लीले पछिल्ला खेलहरुमा लय गुमाउँदै आएको छ ।  खराब लयमा रहेका ड्यानियल स्याम्स ३ खेलमा विकेटविहिन रहेका छन् । ओपनार पृथ्वी शाले शुरुवातमा शानदार प्रदर्शन गरेपनि पछिल्ला खेलहरुमा उनी चल्न नसक्नु दिल्लीको टाउको दुखाइ बनेको छ । यता, अजिन्क्या रहाणेको प्रदर्शन पनि एकनासको हुन सकिरहेको छैन ।

दिल्लीले आजको खेलमा ड्यानियल स्याम्सलाई नखेलाउन सक्छ । यसो हुँदा टोलीमा भारतीय पेसर हर्षल पटेल आउन सक्छन् । यस्तै आजको खेलमा शिमरन हेटमायरले माैका पाउने सम्भावना प्रवल छ ।  हेटमायर आँउदा रहाणेलाई दिल्लीले के गर्छ त्यो अर्को विषय हो । स्याम्सलाई बाहिर राख्दा दिल्लीले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई पहिलो पटक मौका दिन सक्छ। तर सिजनमा ३ जना स्पिनर लिएर दिल्लीले अहिलेसम्म खेलेको छैन ।

महत्वपूर्ण खेलमा दिल्लीले ३ स्पिनर लिएर खेलेर रणनीति परिवर्तन गर्छ या गर्दैन त्यो हेर्न लायक हुनेछ। अबुधाबीको पिच सुस्त हुँदा सन्दिपले त्यसको फाइदा उठाउन सक्नेछन् । दिल्ली हेटमायरमा गयाे भने आज पनि सन्दिपका लागि माैका नहुन सक्छ । किनकि दिल्लीले रबाडा, नोर्खिया र स्टोइनिसलाई अनिबार्य खेलाउनुपर्ने अवस्था छ यस्तोमा बाँकी मात्र एक विदेशी खेलाडीको कोटा कि सन्दिपका लागि खाली छ कि हेटमायरका लागि । यसाे त दिल्लीसंग किमाे पउलकाे अप्सनपनि छ तर हेटमायर र सन्दिप नै उसका लागि उत्तम विकल्प हुनसक्छन ।

हैदराबादकाे मिडल अर्डर राम्राे नहुनुले विचमा रन राेक्न दिल्लीले ३ स्पीनर खेलाउन सक्छ । सन्दिपकाे बल याे सिजन कसैले नखेलेका कारणपनि सन्दिप दिल्लीका लागि किफायती हुनसक्छन र खेल जहाँ हुँदछ त्यहाँ स्पिनरलाइ राम्राे सपाेर्ट छ ।

प्रमुख खेलाडीहरुको कमजोर प्रदर्शन दिल्लीको चिन्ताको कारण बनेको छ । लिगमा उत्कृस्ट प्रदर्शन गरेका कागीसो रबाडा पछिल्लो ४ मध्ये ३ खेलमा विकेटविहिन छन्। २ शतक बनाएका शिखर धवनले पछिल्लो ५ खेलमा मात्र १ अर्धशतकको मद्दतले ६० रन बनाएका छन् जसमध्ये ३ खेलमा उनले खाता खोल्न सकेका थिएनन् । पृथ्वी श, रिशभ पन्त, श्रेयस ऐयरको ब्याट शान्त छ । भेट्रान स्पिनर रभीचन्द्रन आश्विन, पेसर एनरिक नोर्किया, अलराउण्डर मार्कस स्टोइनिसको लयले टिम आशावादी छ ।

यता, हैदरावाद पहिलो ९ खेलमा मात्र ३ जित बेहोर्दै अंकतालिकामा सातौँ स्थानमा थियो। तर त्यसपछि दिल्लीसहित लगातार ४ खेलमा जित दर्ता गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हैदरावादले इलिमीनेटरमा बैंगलोरलाई हराउन ठुलो संघर्ष गर्नु परेन। सहि समयमा लय पाएको वार्नर कप्तानीको टिमले त्यस्तो अन्तिम-११ पाएको छ जसले आफ्नो जिम्मेवारी बुझेका छन् र निभाएका पनि छन्। टिमको बलरहरुले उत्कृस्ट प्रदर्शन गर्दै अन्तिम-६ खेलमा १५० भन्दा बढी रन खर्चेका छैनन्। राशिद खान, जेसन होल्डर, टि नटराजन, सन्दिप शर्मा जस्ता बलरहरु शानदार लयमा रहेका छन्। इलिमीनेटरमा विलियमसनको इनिंगले टिममा आत्मविश्वास बढेको छ भने वार्नर पनि राम्रो लयमा छन्।

प्रदर्शन उत्कृस्ट रहेता पनि टिमको ब्याटिंग क्रम भने मजबुत देखिदैन। जेसंन होल्डरले राम्रो प्रदर्शन गरेता पनि मध्यक्रममा धेरै भरपर्दा ब्याट्सम्यानहरु छैनन्। रिद्दिमान शाह नखेल्दा ब्याटिंग अझ कमजोर देखिएको छ जसको झल्को बैंगलोरसंगको खेलमा पनि देखिएको थियो। टिममा छैठौं बलरको कमि पनि देखिन्छ। कुनै एक बलरले नराम्रो प्रदर्शन गरेमा त्यसलाई भरपाई गर्नसकेन बलरको कमि देखिन्छ। हैदरावादको यो कमजोरीमा दिल्लीले प्रहार गर्न सक्छ या सक्दैन हेर्न लायक हुनेछ।

दिल्ली क्यापिटल्स : पृथ्वी शा, शिखर धवन,  श्रेयस ऐयर ( कप्तान ), शिमरन हेटमायर/ सन्दिप लामिछाने, रिशभ पन्त ( विकेटकिपर ) , मार्कस स्टोइनिस, हर्षल पटेल, अक्षर पटेल, कागीसो रबाडा, रभीचन्द्रन आश्विन, एनरिक नोर्किया

सनराइजर्स हैदरावाद : डेभिड वार्नर ( कप्तान ) , श्रिभत्स गोस्वामी ( विकेटकिपर ), मनिष पाण्डे, केन विलियमसन, जोनी बेरेस्टो, जेसन होल्डर, अब्दुल समद, राशिद खान, शाहबाज नदीम, सन्दिप शर्मा, टि नटराजन

प्रकाशित मिति २०७७ कात्तिक २३ गते आइतबार ०३:०९
हजुरको प्रतिक्रिया