२०८३ असोज २४ गते शनिबार

महानगरले उठाउन थाल्यो पोखराका सडकमा थुप्रिएको फोहोर

महानगरले उठाउन थाल्यो पोखराका सडकमा थुप्रिएको फोहोर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २९ गते सोमबार ०८:०३

पुस दोस्रो सातादेखि पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा लामेआहालका बुद्धिमान गुरुङको एक्साभेटर भाडामा लिएर महानगरले फोहोर पुर्दै आएको छ ।

पोखरा

पोखरा महानगरपालिकाले सडकमा थुप्रिएको फोहोर आजदेखि उठाउन थालेको छ । गत शुक्रबारदेखि पोखराका सडकमा फोहोर थुप्रिएको थियो । चोकचोकमा फोहोर थुप्रिएपछि सडकमा दुर्गन्ध फैलिएको थियो ।

ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन वापतको रकम नपाएपछि फोहोर उठ्न नकेको थिएन । इन्धनको रकम महानगरले दिन सहमतिपछि फोहोर उठाउन थालिएको पोखरा महानगरको सरसफाइ शाखाका हर्क गायकले जानकारी दिए ।

पुस दोस्रो सातादेखि पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा लामेआहालका बुद्धिमान गुरुङको एक्साभेटर भाडामा लिएर महानगरले फोहोर पुर्दै आएको छ । फागुन १५ देखि वैशाख १५ सम्मको रकम भुक्तानी गर्न बाँकी रहेको सरसफाइ शाखा प्रमुुख कल्पना बरालले जानकारी दिइन् । महानगरले एक्साभेटर चलेको घण्टाको आधारमा रकम दिने सम्झौता भएको र मासिक ४ लाख रुपैंयाँ भाडा तिर्ने बरालले बताइन् । ३ महिनाको इन्धन बापतको रकम १० लाख रुपैयाँ पाउनुपर्ने गुरुङले बताएका छन् ।

प्रकाशित मिति २०८० जेठ २९ गते सोमबार ०८:०३
हजुरको प्रतिक्रिया