२०८३ साउन २१ गते बिहीबार

काेराेनाका कारण आइतबार गण्डकी प्रदेशमा थप ४ काे ज्यान गयाे

काेराेनाका कारण आइतबार गण्डकी प्रदेशमा थप ४ काे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २३ गते आइतबार ०५:०१

पाेखरा । गण्डकी प्रदेशमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १०७ पुगेकाे छ । आइतबार प्रदेशमा थप ४ जनाकाे ज्यान गएपछि काेराेना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १०७ पुगेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले...

काेराेनाका कारण प्रदेशमा ज्यान गुमाउनेकाे संख्या १०७ पुग्याे

पाेखरा । गण्डकी प्रदेशमा काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १०७ पुगेकाे छ । आइतबार प्रदेशमा थप ४ जनाकाे ज्यान गएपछि काेराेना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेकाे संख्या १०७ पुगेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

पाेखरा महानगरपालिका – १३ का  ९२ बर्षीय पुरूषकाे सनिबार बिहान हाेम आइसाेलेसनमा ज्यान गएकाे छ । यस्तै, पाेखरा महानगरपालिका ८ का ६७ बर्षीय पुरूषकाे आइतबार बिहान गण्डकी मेडिकल कलेज पाेखरामा उपचारका क्रममा ज्यान गएकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

पाेखरा महानगरपालिका ९ का ७५ बर्षीया महिलाकाे आइतबार नै गण्डकी मेडिकल कलेज पाेखरामा काेराेनाका कारण निधन भएकाे छ । उता, स्याङजा जिल्ला गल्याङ नगरपालिका ७ का ५० बर्षीय पुरूषकाे आइतबार बिहान लुम्बिनी मेडिकल कलेज पाल्पामा निधन भएपछि आइतबार प्रदेशभर ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे हाे ।

यससंगै गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे कुल संख्या १०७ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक २३ गते आइतबार ०५:०१
हजुरको प्रतिक्रिया