२०८३ साउन २१ गते बिहीबार

ढोरपाटनका फरार मेयर देवकुमार विरुद्ध ८ सय ६३ जना बचतकर्ताको जाहेरी

ढोरपाटनका फरार मेयर देवकुमार विरुद्ध ८ सय ६३ जना बचतकर्ताको जाहेरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ३१ गते बुधबार ०७:१४

बचतकर्ताको रकम हिनामिना पारी नेपाली फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा बुधबार बेलुकासम्म ८ सय ६३ जनाले उजुरी दिँदै १ अर्ब ८६ लाख रुपैयाँ पाउनुपर्ने दाबी गरेका हुन् ।

१ अर्ब ८६ लाख रुपैयाँको माग दाबी

पोखरा

बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ८ सय ६३ जनाले जाहेरी दिएका छन् । बचतकर्ताको रकम हिनामिना पारी नेपाली फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा बुधबार बेलुकासम्म ८ सय ६३ जनाले उजुरी दिँदै १ अर्ब ८६ लाख रुपैयाँ पाउनुपर्ने दाबी गरेका हुन् ।

ढोरपाटनका मेयर नेपाली गत जेठ ५ गतेदेखि फरार छन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई गत वैशाख ७ गते गृहमन्त्रालयले यात्रा अनुमतिमासमेत रोक लगाएको थियो । तर, अहिलेसम्म उनीहरुको अत्तोपत्तो छैन ।

बागलुङमा मात्र बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए ।

इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ । पोखराबाट पनि बचतकर्ताको १ अर्बभन्दा बढी रकम हिनामिना भएको हुन सक्ने अनुमान गरिएकोे छ ।

प्रकाशित मिति २०८० जेठ ३१ गते बुधबार ०७:१४
हजुरको प्रतिक्रिया