पोखरा
गण्डकी प्रदेश सरकारले सबै घरमा विजुली पु¥याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने भएको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वकोे सरकारले पहिलो निर्णय नै २ वर्षभित्र उज्यालो प्रदेश बनाउने गरेको थियो ।
तर, अहिलेसम्म पनि सरकारले त्यो लक्ष्य भेटाउन सकेकोे छैन । अब भने सबै यसमा बिजुली पु¥याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने बजेटमार्फत गण्डकीका अर्थमन्त्री जीतप्रकाश आलेले बताएका छन् ।
विद्युत सेवा नपुगेका घरमा सौर्य ऊर्जा पु¥याउने आलेले बताए । अहिलेसम्म करिब ९८ प्रतिशतको पहुँचमा विजुली पुगेको सरकारको भनाइ छ । एलपी ग्यासलाई प्रतिस्थापन गर्दै विद्युतीय चुलो प्रयोगमा पनि सरकारले प्रोत्साहन गर्ने भएकोे छ । संस्थागत सौर्य ऊर्जा कार्यक्रम पनि सञ्चालन गर्न पनि सरकारले १ करोड विनियोजन गरेको छ ।
प्रदेशका सबै घर परिवारलाई आधारभूत खानेपानी पु¥याउने पनि सरकारले जनाएको छ । खानेपानी आयोजनाको कार्यान्वयन र दीगो सञ्चालन, पुरानो व्यवस्थापन र नयाँ निर्माणका लागि २ अर्ब ७० करोड बिनियोजन भएको छ । यसबाट ३६ हजार धारा जडान हुने आलेको भनाइ छ ।
प्रकाशित मिति २०८० असार १ गते शुक्रबार ०४:५०



