पोखरा
नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेले हटाएको ७० वर्षे उमेर हद निश्चित समयका लागि मात्र भएको बताए । आगामि महाविधेशनसम्मका लागि नभएको उनको दाबी छ ।
मुकुन्द न्यौपानेलाई पार्टीमा समाहित गर्न उमेर हद केही समय निलम्बन गरेको विष्टले बताए । शनिबार प्रेस चौतारी गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा सचिव विष्टले वर्तमान गठबन्धन सरकार लामो समय टिक्न नहुनेमा जोड दिए । सरकारको कार्यशैली र दिइरहेको सेवा हेर्दा सरकार लामो समय टिक्न नहुने उनको तर्क छ ।
गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका विष्टले यो सरकार जति लामो समय चल्छ त्यति नै देशको अधोगति हुने जिकिर गरे । पूर्वमन्त्रीसमेत रहेका विष्टले गठबन्धन सरकारलाई संगती नभएको सरकारको संज्ञा दिए । उनले सरकारबाट जनताले धेरै अपेक्षा राख्नुलाई गोरु ब्याउँनेसँग तुलना गरे ।
विष्टले नेकपा एमालेले मोर्चा बनाउनेबारे नसोचेको बताए । नेकपा एमालेले पार्टीलाई सुदृढ गर्ने उल्लेख गरे । विष्टले एमालेलाई सुधारेर २०८४ सालको निर्वाचनमा संघ र प्रदेशमा बुहमत ल्याउनेसमेत दाबी गरे । जनताको आशालाई निराशामा बद्लिन नदिने उनको जिकिर छ ।
भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानविन गरेर कारबाहीको दायरमा ल्याउनुपर्नेमा उनको जोड छ ।
प्रकाशित मिति २०८० असार २ गते शनिबार ०६:३७




