कप्तान साइ हाेप र निकाेलस पुरनकाे शानदार शतक
कप्तान साइ होप र निकोलस पुरनको सतकीय साझेदारीमा आईसीसी विश्वकप छनोटमा नेपालले ३ सय ४० रनको विशाल लक्ष्य पाएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३९ रनको योगफल तयार पारेको हो ।
चौथो विकेटका लागि कप्तान होप र पुरनले २ सय १६ रनको साझेदारी गरेपछि वेस्ट इन्डिजले नेपालविरुद्ध विशाल योगफल तयार पारेको हो। पुरनले १ सय १५ बलमा १० चौका र ४ छक्का मद्दतमा १ सय १५ रन बनाएका थिए।
खेलमा राम्रो सुरुवात गरेको नेपालले होप र पुरनको साझेदारी तोड्न नसक्दा विशाल योगफल पाएको हो। ओडिआइ क्रिकेटमा नेपालले पाएको यो अहिलेसम्मकै विशाल योगफल हो । कप्तान होप १२९ बलमा १० चौका र ३ छक्का हान्दै १ सय ३२ रनमा ललित राजवंशीकाे अन्तिम ओभरको दाेस्राे बलमा भिम सार्कीको हातबाट क्याच आउट भए । निकाेलस पुरनले दिपेन्द्रसिंह एैरीबाट पवेलियन फर्कनु अघि ९४ बल खेल्दै ११५ रन बनाए । जेसन होल्डर १६ रनमा नटआउट रहे।
नेपालका लागि ललित राजवंशीले ३ विकेट हात पारे भने सन्दिप लामिछाने, करण केसी, दिपेन्द्रसिंह एैरी र गुल्सन झाले समान एक एक विकेट लिए ।
प्रकाशित मिति २०८० असार ७ गते बिहीबार ०४:५८




