पोखरा
चीनमा सर्वाधकि लोकप्रिय समाजिक सञ्जाल ‘वि च्याट’ को डिजिटल पेमेन्टे माध्यम ‘वि च्याट पे’ एनएमबी बैंकले नेपाल भित्राएको छ ।
बिहिबार नेपालका लागि चिनियाँ राजदुत छन् सोङले पोखरामा एनएमबीको ‘वि च्याट पे’ शुभारम्भ गरे । एनएमबी बैंकका प्रयोगकर्ताले वि च्याट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
राजदूत सोङले नेपाल घुम्न आउने पर्यटकलाई वि च्याट पे मार्फत भुक्तानी गर्न सहज हुने बताए । चिनियाँ पर्यटकको संख्या बढाउने पनि उनको विश्वास छ । चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकीङ्ग प्रणाली मार्फत सम्वन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्ने उनको भनाइ छ । नेपालको डिजिटल बैंकिङ कारोवारलाई समेत प्रोत्साहन हुने उनको विश्वास छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले चीन भ्रमणमा जाने नेपालीका लागि पनि वि च्याट पे विस्तार भएसँगै सहज हुने बताए । नेपाल घुम्न आएको चिनियाँ पर्यटकलाई चाहेजति खर्च गर्ने अवस्थाको सिर्जना भएको उनको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वि च्याट पे मार्फत कारोवार गर्न चिनियाँ पर्यटक र व्यवसायीलाई नयाँ अवसर प्रदान गरेको बताए ।
एनएमबि बैंकको देशभर २०१ शाखा छन् । १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ ।
प्रकाशित मिति २०८० असार ७ गते बिहीबार ०७:२७




